मायाजालमा परेँ म, मलाई प्रेमको रोगी बनायौ
दुई आत्मा एक भयो, मलाई तिम्रो भोगी बनायौ

तिम्रो मन र मुटु, दुवैतिर राज गरेर बसुन्जेल
बिष पिएर पनि, लाग्थ्यो मलाई निरोगी बनायौ

नसके पनि ऋण गरेर, सबै तिम्रो लागि खर्चिएँ
त्यति बेला मलाई, समाजको अघि ढोंगी बनायौ

तिम्रो मन बदलियो, सोच र संस्कृति बदलियो
बीच बाटोमा छोडेर, मलाई वियोगी बनायौ

धन सम्पत्ति, मान र प्रतिष्ठा केही रहेन बाँकी
सबै लुटेर गयौ, अन्त्यमा साँच्चै जोगी बनायौ।