Saturday, 1 July 2017

मेरो अनुभवमा बेलायतको संसदीय निर्वाचन'


मेरो अनुभवमा बेलायतको संसदीय निर्वाचन'।


मेरो अनुभबमा बेलायतको संसदीय निर्वाचन
-    डा. बच्चु कैलाश कैनी

संसदीय लोकतन्त्र मान्ने मुलुकमा एक निश्चित अवधिमा आमनिर्वाचन हुनु स्वभाविक हो तर, मध्यावधि निर्वाचन भने बिरलै मात्रै हुन्छ बेलायतको वर्तमान कानून २०११ एनले दुई वटा अवस्थामा मात्रै संसदको लागि मध्यावधि निर्वाचन गर्ने विकल्प दिएको पहिलो, सरकार वा प्रधानमन्त्रीको बिरुद्ध अबिश्वासको प्रस्ताब पारित भएको अस्वथामा दोश्रो संसद सदस्यको दुई तिहाई सदस्यले मध्यावधि निर्वाचन गर्ने प्रस्ताव पारित गरेको अस्वस्थामा

बेलायतको प्रधानमन्त्री तेरीजा मेले कन्जरभेटिभ पार्टीको बहुमतको सरकार हुँदा हुँदै पनि यूरोपीयन यूनियनबाट बेलायत बाहिरीनको लागि आफ्नो सरकार पार्टीको पक्षमा बलियो  जनादेश पाउने आशा बिस्वासका साथ मध्यावधि निर्वाचन आब्हान गरिन , बिपक्षी दल लेबर पार्टीले पनि त्यसमा सहमति जनाएको अवस्थामा सजिलै दुई तिहाई बहुमतका साथ उक्त मध्यावधिको प्रस्ताव पारित भयो बेलायत आमनिर्वाचनमा होमियो

बेलायतको संसदीय निर्वाचनमा मुख्य प्रतिपक्षी दलको तर्फबाट उम्मेदवार हुने मौका मिलेको हुनाले मैले यो निर्वाचनमा प्रत्यक्ष् सहभागी हुने, धेरै कुरा देख्ने, भोग्ने र सिक्ने मौका पाएँ ।  मेरो अनुभबमा बेलायतको संसदीय निर्वाचनमा सबै भन्दा धेरै महत्व पाउने दुई वटा बिषयहरु हुन । पहिलो बिषय दलको घोषणा पत्र हो भने र दोश्रो मुख्य कुरा दलको नेता हो ।  

कुनै पनि दलको घोषणा पत्रले कुन दल सरकारमा आयो भने देश बिकास र आम जनताको हितका लागि के कस्ता नीति र योजना अवलम्बन गर्छ भन्ने कुरा प्रष्ट पार्ने हुनाले हरेक पार्टीले घोषणा पत्र तयार पर्न धेरै मेहेनत गरेका हुन्छन । बेलायतमा यो प्रक्रिया पार्टीको हरेक बर्ष हुने महाधिवेशन देखि नै शुरु हुन्छ ।  हरेक पार्टीको महाधिवेशनमा बिज्ञ, पार्टीका सदस्य, समर्थक, सम्बन्धित संघ संस्थाहरु आदिको सहभागिता र आमजनताको  सुझाव सहित हरेक बिषयमा ब्यापक छलफल गरिन्छ र पार्टीको नीति बनाउने गरिन्छ ।  अनि, त्यसलाई निर्वाचनको बेला अझ थप प्रस्ट पार्ने, वस्तुपरक  बनाउने र के कसरी लागु हुन सक्छ भन्ने योजना सहित सार्वजनिक गरिन्छ ।

यूरोपीयन यूनियनबाट बेलायत बाहिरीनको लागि तयारी भई रहेको अवस्थामा यो निर्वाचन बेलायतको इतिहासमा निकै महत्वपूर्ण मानिएको थियो सरकारमा बस्ने पार्टीले नै ब्रेक्जीट अर्थात  यूरोपीयन युनीयनबाट बेलायत बाहिरीनको लागि नीति नियम बनाउने यूरोपीयन यूनियनसँग सबै प्रकारको बार्ता गर्ने भएको हुनाले पनि सबैको ध्यान यो निर्वाचनले खिचेको थियो यो निर्वाचनमा कन्जरभेटिभ पार्टीको लागि हार्ड ब्रेक्जीट लेबर पार्टीको पक्ष बाट सफ्ट ब्रेक्जीटको लागि नीति अबलम्बन गर्ने कुरा घोषणा पत्रमा सार्वजनिक गरिएको थियो त्यसैगरी यी दुई मुख्य पार्टीका तर्फबाट आफ्नो घोषणा पत्रमा अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास आदि बिषयमा पार्टीको लाइन अनुसार प्रस्ट देखिने गरि उत्तरपन्थी दक्षिणपन्थी जस्तै लाग्ने नीति योजना पनि सार्वजनिक गरिएका थिए
संसदीय प्रणालीमा बहुमत ल्याउने संसदीय दलको नेता नै प्रधानमन्त्री  हुने हुनाले कुन दलको नेता कत्तिको प्रभावकारी , प्रधानमन्त्री हुनको लागि योग्य वा छैन, उसमा के कस्तो गुण वा अवगुण छन् भन्ने कुरामा अधिकांश मतदाताले चासो राख्ने गर्छन   आफ्नो संसदीय क्षेत्रको उम्मेदवारलाई भोट हाले पनि अन्त्यमा उही नै प्रधानमन्त्री चुन्ने अस्त्र भएको हुनाले उसको भन्दा पनि दलको नेताको गुण दोषमा बढी महत्व दिनु स्वभाविक पनि हुन सक्छ   जो प्रधानमन्त्री हुन्छ उसैले मन्त्रीमंडल गठन गर्ने, देशको नीति नियम बनाउन ठूलो भूमिका खेल्ने देशको भबिष्य पनि उसैको हातमा हुने हुनाले पनि दलको नेताको गुण हेरेर मतादाता आकर्षित हुनु संसदीय प्रणालीमा उपयुक्त पनि हो  

त्यसपछि थप अर्को दुई प्राथमिकताका बिषयहरुमा कुन दलले के कस्ता स्थानिय स्तरका समस्या हल गर्ने र आफ्नो संसदीय क्षेत्रको विकासको लागि के कस्ता योजना पेश गरेका छन् र कुन दलका उम्मेदवार कस्ता छन् भन्ने  बिषय हुन । यी कुराहरुको परीक्षण स्थानिय स्तरमा सबै दलका उम्मेदवार र स्थानिय जनताहरुको बिचमा भेला गरी प्रत्यक्ष छलफल र प्रश्नोत्तर गर्ने, उम्मेदवारको गुण, हैसियत र उसको स्थानिय स्तरको योजना परीक्षण गर्ने  तरिका अपनाउँदा प्रभावकारी हुने मेरो अनुभव रह्यो ।

बेलायतको आम निर्वाचनको प्रचार प्रसार शैली पनि निकै शान्त, सभ्य ब्यबस्थित हुन्छ कुनै भिडभाड, होहल्ला तडकभडक नगरी  प्रायजसो उम्मेदवारहरु जनताको घरदैलोमा नै जाने, घरमा नै पर्चा पठाउने विभिन्न स्थानहरुमा गएर जनतालाई प्रत्यक्ष भेट्ने गर्दा सबैको कुरा सुन्ने, सम्बाद गर्ने आफ्नो कुरा पनि राख्ने मौका मिल्ने रहेछ आफ्ना समर्थक शुभचिन्तकहरुलाई समेत परिचालन गरी आयोजना गरिने त्यस्ता कार्यक्रमहरुले मितव्ययिता गर्न सहयोग गर्ने मतदाताहरुलाई आफ्नो कुरा राख्न पनि सकिन्छ  

दलले सांसदको लागि उम्मेदवार छान्ने प्रक्रिया, चुनावलाई संयमित, ब्यबस्थित प्रभावकारी रुपमा सम्पन्न गर्ने उम्मेदवार एवं दलले पारदर्शी रुपमा चुनावमा खर्च गर्ने तरिका पनि बेलायतको संसदीय निर्वाचनका सिक्न लायक पक्ष हुन बेलायतको आम निर्वाचन लोकतन्त्रको महामेला भए पनि बेलायती जनतालाई त्यस्तो कुनै आभास हुँदैन   सबै कुरा सहज, सभ्य ब्यबस्थित तरिकाले सम्पन्न हुन्छन   यी सबै कुरामा बेलायतको निकै लामो संसदीय निर्वाचनको इतिहास, खारिएको निर्वाचन प्रणाली, पर्याप्त श्रोत साधन,  निकै प्रभावकारी ब्यबस्थापन, शिक्षित जनता सभ्य समाजले ठूलो भूमिका खेलेको हुन्छ   निर्वाचनसँग सम्बन्धित नियम कानून सबै पक्षले पूर्ण रुपमा लागु गर्ने गराउने भएकोले पनि त्यसरी छोटो समयमा यस्तो सफल, चुस्त सभ्य निर्वाचन हुन सकेको हो भन्ने मान्यता  

संसदीय प्रणाली अपनाउने लोकतान्त्रिक मुलुकहरुमा हुने लोकतन्त्र निर्वाचनका अभ्यासहरू उस्तै उस्तै हुन्छन   तर पनि हरेक मुलुकमा के कसरी श्रोत साधनको परिचालन गरिन्छ, कसरी नियम कानूनहरु  बन्दछन  त्यस्ता नियम कानूनहरु कसरी लागु गरिन्छन भन्ने कुराले निर्वाचनको धेरै कुरा निर्धारण हुन्छन   चुनाव लोकतन्त्रको एउटा नियमित प्रक्रिया हो सबैको लागि सधैको लागि एउट्टै कुरा मान्य हुन्छ भन्ने पनि हुँदैन   त्यसैले देश अनुसार, समय परिस्थिति अनुसार कतिपय कुराहरुमा सुधार हुँदै जान्छन  

लोकतन्त्रको सुन्दर पक्ष नै जनतालाई मालिक मान्नु हो   मतदान मार्फत जनताको कुरा सुन्नु, जनताको मतको कदर गर्नु त्यही अनुसार राजनीतिक दल नेताहरुले समयसापेक्ष सुधार गरी आफूलाई अगाडी बढाउनु नै लोकतान्त्रिक मान्यता हो   आफ्नो व्यक्तिगत दलगत स्वार्थ भन्दा देश जनतालाई पहिलो प्राथमिकतामा राख्ने तथा निर्वाचनमा हार वा जित जे भए पनि जनताको लागि काम गर्ने हो भने राजनीतिमा सबैको जित हुन्छ  

बेलायतको यो बर्षको आमनिर्वाचनमा कन्जरभेटिभ पार्टी प्रधानमन्त्री तेरीजा मेले चाहे जस्तो नतिजा नआए पनि जनताले जे चाहे त्यही भयो अहिले अल्पमतको सरकार बने पनि अब भविष्यमा जसले आम जनताको हितलाई ध्यानमा राखेर काम गर्छन वा त्यस्तो गर्ने प्रतिबद्धता गर्छन त्यसैले बहुमतको सरकार बनाउने कुरामा शंका छैन


(यो लेखका लेखक डा. बच्चु कैलाश कैनी बेलायतको यो बर्षको संसदीय निर्वाचनमा लेबर पार्टीको तर्फबाट सांसदको उम्मेदवार थिए )

No comments:

Post a Comment

स्वास्थ्य सेवामा सुधारको सन्देश

  https://swasthyakhabar.com/story/58098 विचार/विश्लेषण स्वास्थ्य सेवामा सुधारको सन्देश स्वास्थ्यखबर बुधबार, कात्तिक ७, २०८१   १४:०३ स्वास्थ...