सामुदायिक स्कुलहरुको खस्कदो स्थिति: अब त केही सोच्ने कि?
- डा. बच्चु कैलाश कैनी
सामुदायिक स्कुलहरुको खस्कदो स्थिति: अब त केही सोच्ने कि?
- डा. बच्चु कैलाश कैनी
सामुदायिक वा सरकारी स्कुलसंग मेरो गहिरो सम्बन्ध छ । मेरो मात्रै हैन म जस्ता धेरै नेपालीहरुले सामुदायिक
स्कुलमा
अध्ययन
गरेका
हुन्
।
आजको
हाम्रो
पुस्ताका
अधिकांशले
सरकारी
स्कुल
र
कलेजबाट
नै
अध्ययन
पुरा
गरेका
हुन्
।
नेपालका
अहिलेका
अधिकांश राजनीतिज्ञ, नेता, अभिनेताहरु
लगायत
बरिष्ठ
कर्माचारीहरु
सामुदायिक
वा
सरकारी
स्कुलका
उत्पादन
हुन्
।
नेपालको
शिक्षाको
प्रमुख
आधार
नै
सामुदायिक
स्कुलहरु
हुन्
।
मेरो जीवनको पहिलो जागिर सरकारी स्कुलको शिक्षकबाट शुरु भएको थियो । २०४२ साल तिरको कुरा हो, मैले भर्खर एसएलसी दिने बित्तिकै आफू पढेको स्कुलमा पढाउन थालेको थिएँ । एसएलसी पास भए पछि पनि आर्थिक अभावमा म कलेज जान सकिन । स्कुलमा पढाउँदै प्राईभेट आईए पास गरें । मैले बिकम दिउँसो सरकारी स्कुल पढाउँदै रातीको कक्षा लिएर पास गरें । मैले करिब छ बर्ष नेपालमा सरकारी स्कुलमा पढाएँ । अनि मात्रै अन्य पेशा अपनाएँ ।
मलाई याद छ, एकजना मित्रले मलाई बिकम भर्ना हुने बित्तिकै परिचय गर्ने बेलामा मेरो पेशाको बारेमा सोधेका थिए । मैले शानसंग सरकारी स्कुलको शिक्षक भनेर उहाँलाई चिनाएको थिएँ । त्यति बेला शिक्षक
बन्नु
र
त्यस
माथि
पनि
सरकारी
स्कुलमा
पढाउनु
छुट्टै
शानको
बिषय
थियो
।
मेरो
परिवारमा
म
मात्रै
हैन
मेरो
दाई,
बहिनी,
काका,
काकी,
मामा,
दिदी
भिनाजु
लगायत
कुनै
न
कुनै
समय
नेपालमा
शिक्षण
पेशामा
संलग्न
हुनुहुन्थ्यो
।
शिक्षण पेशा अत्यन्त सम्मानित पेशा हो । अरुलाई ज्ञान दिनु भनेको एकदम ठूलो कुरा हो । मलाई सबै तहमा पढाउने मेरा सबै गुरुहरुलाई जहाँ भेटे पनि ससम्मान नमस्कार गर्छु । अहिले पनि मेरा सबै गुरुहरु प्रति मेरो नमन छ । उहाँहरुप्रति अगाध सम्मान र आस्था छ मेरो । उहाँहरुको मार्ग निर्देशन र उहाँहरुबाट प्राप्त ज्ञानले नै म सरकारी स्कुल र कलेजमा पढेर पनि बेलायत जस्तो विकसित मुलुकमा बेलायतमा नै जन्मे,
हुर्केर,
यहीं
पढे
लेखेका
व्यक्तिहरुसंग
प्रतिस्पर्धा
गर्दै
बेलायतको
सरकारी
अस्पतालमा
बरिष्ठ
ब्यबस्थापकको
रुपमा
कार्यरत
छु
।
हामी अधिकांशले पढेको, हाम्रै गुरुहरुले पनि पढेको, सरकारको पैसामा चल्ने र समुदायले ब्यबस्थापन गर्ने यी अधिकांश सामुदायिक स्कुलहरुको स्तर खस्केको, कतिपय बन्द भएको वा अर्को स्कुलसंग गाभिएको, कतिपय केवल दुई चार जना बिद्धार्थी कुरेर पढ्ने वा पढाउने, कतिपयमा बिद्धार्थी र शिक्षक कर्मचारी संख्या बराबर भएको आदि जस्ता खबर पढ्नु पर्दा हामी धेरैको मन दुखी हुनु स्वाभाविक हो ।
निजी स्कुलको तुलनामा सरकारी स्कुलको शिक्षा किन गुणस्तरीय, भरपर्दो र बिस्वासनिय भएन यो त्यति धेरै अनुसन्धान गरेर निस्कर्ष गर्नु पर्ने बिषय छैन । अंग्रेजी प्रतिको मोह र आकर्षण, निजी स्कुलमा फराकिलो पाठ्यक्रम र परिक्षामा राम्रो नतिजा, अधिकांशमा आधुनिक प्रविधिको प्रयोग आदि केही कुराका कारण नै निजी स्कुलमा आफ्ना छोरा छोरी पढाउनु पर्ने सोचको विकास भएको हो ।
अर्को पक्ष के पनि छ भने जति धेरै पैसा तिर्यो
वा
नाम
चलेको
स्कुलमा
आफ्ना
छोरा
छोरी
पढायो
उति
धेरै
गुणस्तर
राम्रो
हुने
नेपाली
मानसिकता
छ
।
यो
केही
हद
सम्म
ठिक
पनि
होला
।
तर,
निजी
स्कुलको
गुणस्तर
हेरेर
सामुदायिक
स्कुलको
पनि
गुणस्तर
बढाउनु
पर्छ
र
आफ्ना
छोरा
छोरी
सामुदायिक
स्कुलमा
पढाउनु
पर्छ
भन्ने
मान्यता
तिनै
सामुदायिक
स्कुलका
शिक्षक,
नेता,
दलका
कार्यकर्ता,
जनप्रतिनिधि,
कर्मचारी,
राष्ट्र
सेवक
आदि
कसैमा
पनि
पलाएको
छैन
।
बरु,
यसको
ठिक
बिपरित
जसरी
जुन
सुकै
रुपमा
भए
पनि
धन
कमाएर
निजी
स्कुलमा
आफ्ना
छोरा
छोरी
पढाउनु
पर्छ
भन्ने
मान्यता
स्थापित
भएको
छ
।
'सरकारी काम कहिले जाला घाम' भन्ने उखान जस्तै मनस्थिती लिएर कर्माचारी र शिक्षक सबै काम गर्ने प्रचलन प्राय सबै जसो सरकारी कार्यालय, सरकारी स्कुल र सरकारी निकायमा भेटिन्छ । यसको गहिरो प्रभाव सामुदायिक स्कुलमा पनि परेको छ । आफ्नो गाउँ ठाउँको सामुदायिक स्कुल आफूले तिरेको कर बाट चलेको छ भन्नु भन्दा पनि सरकारले चलाएको स्कुल हो भन्ने मान्यता छ । 'मेरो स्कुल मेरो गौरब' भन्नु भन्दा पनि 'सरकारी स्कुल सरकार कै जिम्मा' भन्ने जस्तै गरी सामुदायिक स्कुलहरु दुरावस्था तिर धकेलिदै छन्
निजी स्कुलमा आफ्ना छोरा छोरीलाई पढाउनु अहिले प्रतिष्ठाको रुपमा हेरिन्छ । ठिक त्यसको बिपरित सामुदायिक स्कुलमा केवल पैसा तिर्न नसक्ने वा निम्न आर्थिक हैसियत भएका, समाजमा अपहेलित बर्गले पढ्ने ठाउँको रुपमा सामुदायिक स्कुलहरुलाई हेरिन्छ । समाजमा यति धेरै वर्गिय भेदभाव छ कि त्यो अदृश्य रुपमा छुवाछुत र जातिय भेदभाद भन्दा पनि गहिरो र चर्को छ । त्यसको नकारात्मक र दिर्घकालिन प्रभाव हाम्रा समाज र भावी पुस्तामा निकै गहिरो रुपमा परिरहन्छ ।
नेपालमा अहिले साम्यवादीहरूको दुई तिहाईको सरकार छ । सामाजिक न्याय र वर्गीय विभेद हटाउनको लागि साम्यवादीहरूको मूल्य र मान्यता,
सरकार
चलाउने
दलहरुको
चुनावी
घोषणापत्रको
बारेमा
मैले
कुनै
कुरा
कुरा
उल्लेख
गर्नु
पर्दैन,
यो
सबैलाई
विदितै
छ
।
समाजवादलाई
नेपालको
संबिधानमा
प्रस्ट
रुपमा
उल्लेख
गरिएको
छ
।
तर,
यी
सबै
कुरा
केवल
देखाउने
कुरा
भएका
छन्
।
सामुदायिक
स्कुलहरुको
शिक्षाको
गुणस्तर
सुधार्न,
सामुदायिक
स्कुलहरु
प्रति
सबै
वर्ग
र
तहको
आकर्षण
जगाउन
दुई
तिहाईको
सरकारबाट
धेरै
नै
आशा
गर्न
सकिन्छ,
तर
भर
पर्ने
कुनै
नीति
र
कार्यक्रम
देखिएका
छैनन
।
साथै बिस्वासनिय काम पनि अहिले सम्म हुन सकेको छैन ।
अहिलेको नयाँ ब्यबस्थामा सामुदायिक स्कुलहरु स्थानिय निकायले चलाउने गरी वा ब्यबस्थापन गर्न स्थानिय निकायलाई बजेट हस्तान्तरण गरिएको छ । यो व्यवस्थाले स्थानिय निकायहरुलाई आफ्नो क्षेत्रका स्कुलहरु राम्रोसंग चलाउन बढी जिम्मेवारी र अधिकार दिएर उत्तरदायी पनि बनाएको छ । यसबाट राम्रो परिणाम आउनु पर्ने हो । तर, यसको ठिक बिपरित शिक्षा क्षेत्र झन् राजनीतिकरण हुने, नियुक्ती, सरुवा र बढुवाको लागि शिक्षकहरु नेता र दलको भक्त हुनु पर्ने आदि बिकृती आउने सम्भावना धेरै छ । हुन त आफ्नै छोरा छोरी सामुदायिक स्कुलमा पढाउन मन नगर्ने जनप्रतिनिधि, दलका नेता, कार्यकर्ता र कर्माचारीबाट सामुदायिक स्कुलहरुमा सुधार आउने अपेक्षा राख्नु बेकार हो ।
समाज परिवर्तनको लागि शिक्षा र आजका पुस्ताको निकै ठूलो भूमिका हुन्छ । देश विकास गर्न र सम्वृद्धिको लक्ष्य हासिल गर्न जनशक्तीको
ठूलो
हात
हुन्छ
।
अहिलेको
परिस्थितीमा
भन्ने
हो
भने
महँगो
र
निजी
स्कुल
पढ्ने
अधिकांश
जनशक्ती
आफ्नो
'भबिश्य
बनाउन'
विदेश
जाने
र
उतै
पलायन
हुने
तथ्य
हामी
सबैले
देखे
भोगेको
कुरा
हो
।
सांचै
भन्ने
हो
भने
सामुदायिक
स्कुलमा
पढ्ने
जनशक्ति
नै
नेपालको
लागि
भरपर्दो
जनशक्ति
हुन
सक्छ
।
स्वास्थ्य, शिक्षा र जनकल्याणका क्षेत्रमा निजी क्षेत्रको उपस्थिती स्वागतयोग्य हो । निजी क्षेत्रले सरकारी क्षेत्र पनि प्रतिस्पर्धात्मक हुनु पर्ने हो । निजी क्षेत्रको उपस्थितीले सरकारी क्षेत्रको
बोझ
घटाउने
हुनाले
सरकारी
निकायहरुले
झन्
गुणस्तरीय
सेवा
प्रदान
गर्न
सक्नु
पर्ने
हो
।
निजी
क्षेत्र
र
सरकारी
निकाय
बिचमा
कतिपय
कुराहरुमा
साझेदारी
हुन
सक्छ
र
दुवै
क्षेत्रको
लागि
धेरै
कुराहरु
अनुकुल
र
उपयोगी
हुन
सक्छन
।
तर,
नेपालको
शिक्षा
क्षेत्रमा
भने
निजी
स्कुलहरुको
तुलानामा
सामुदायिक
स्कुलहरुको
स्थिती
दयनिय
र
सोचनीय
छ
।
No comments:
Post a Comment