- डा बच्चु कैलाश कैनी
'तपाई आज कथा, कविता
वा लेख नलेख्ने?'
'तिमीलाई म हरेक दिन
कथा, कविता वा लेख लेख्न सक्छु जस्तो लाग्छ
?'
'हैन, हैन । आज तपाईको
मुड केही लेख्ने जस्तो देखेको छु ।'
'कस्तो मुड?'
'भावुक वा गम्भिर ।'
हामी पति पत्नी बिचको
यही संवादबाट आजको यो लेख सुरु गर्दैछु ।
मलाई करिब सत्ताइस बर्षदेखि
भोगेकी मेरी धर्म पत्नीलाई म गम्भिर मुडमा भएको बेला कथा, कविता वा अरु लेख रचना लेख्छु
लास्तो लागेको रहेछ । मलाई अरु केही शुभचिन्तकहरुले पनि मेरो लेख्ने समय, लेख्ने बानी
र बिषयबस्तुको बारेमा प्रश्नहरु गर्नुहुन्छ । यो स्वाभाविक पनि हो ।
मेरी पत्नीले मेरो लेख्ने
मुडको बारेमा जे बुझेकी छिन् त्यसमा केही सत्यता छ । म पनि लेख्ने मुड चेलेको बेला
केही लेख्ने हो । जुन सुकै बेला वा जस्तो समय पनि म लेख्न सक्दिन । कहिले लेख्ने समय
हुन्छ, तर मुड हुंदैन । कहिले लेख्ने मुड हुन्छ, तर समय हुँदैन । कहिले के बिषयमा लेख्ने
भन्ने अन्योल हुन्छ । कहिले कथा, कविता वा लेख के लेख्न शुरु गरुं भन्ने पनि द्विविधा
हुन्छ ।
मेरो बिचारमा लेख्ने
मान्छेलाई सबै भन्दा महत्वपूर्ण कुरा समय, मुड र बिषयवस्तु हुन् । यी तिनै कुराको तालमेल
मिलेपछि मात्रै आफ्नो मनको भावना रचना वा लेखमा परिणत हुन्छ । अनि त्यस पछि लेख्ने
शैली वा कला, लेख्ने बानी, चाहना, ज्ञान र गुण आदि पनि विचारणीय कुराहरु हुन् । यी
सबैको संयोगले मान्छे लेखक वा साहित्यकार बन्छ । यो स्वाभाविक हो कि हरेक विधा जस्तै,
कथा, कविता, लेख, निबन्ध, नियात्रा आदि लेख्न छुट्टै गुण, कला, शैली र चाहनाको जरुरत
पर्दछ ।
कुन समयमा लेख्ने, कस्तो
बिषयमा लेख्ने, कहाँ बसेर लेख्ने, कुन रफ्तारमा लेख्ने आदि कुरा व्यक्तिगत इच्छा, बानी
व्यहोरा आदि कुरामा भर पर्ने कुरा हो । कसैलाई बाटोमा हिंड्दा हिंड्दै मनमा कुरा आउँछ
र लेख्न मन लाग्छ । कसैलाई बेड टाइममा लेख्न मन लाग्छ भने कसैलाई प्रकृतिको एकान्तमा
लेख्न मन लाग्छ । कोह़ी कार्यालय समयमा फुर्सदको बेला लेख्छन । मेरो भने दिउँसो घरमा
समय मिलेर मुड आएको बेला लेख्ने समय हो । मेरो लागि यो संयोग निकै कम मिल्छ । त्यसैले
मैले चाहेर पनि धेरै लेख्न सकेको छैन । तरपनि, जे, जति र जस्तो लेखेको छु त्यसैमा खुसी
छु ।
म पूर्णकालीन समय जागिर
गर्दै बेलाबेलामा कथा, कविता, मुत्तक र समसामयिक बिषयमा लेख रचना आदि लेख्ने गर्छु
। म त्यत्तिकै रुपमा सामाजिक काम, राजनीति
र अरु कुरामा पनि व्यस्त हुन्छु । त्यसमाथि व्यक्तिगत जीवन र परिवारलाई समय दिनु पर्ने
त छंदैछ । त्यसैले कतिपय साथीभाई, शुभचिन्तक
र चिन्ने मान्छेहरुले मलाई मैले मेरो समय कसरी ब्यबस्थापन गर्छु भनेर जिज्ञासा पनि
राख्नु हुन्छ ।
समय सबैको लागि उत्तिकै
हुन्छ, अर्थात सबैको लागि एक दिनमा चौबिस घण्टा र हप्तामा सात दिन । तर, हरेक मानिसको
कामको लागि, परिवारको लागि समाजको लागि र आफ्नो लागि दिनु पर्ने समय भने फरक फरक हुन्छ
। समय ब्यबस्थापनको सामान्य नियम के हो भने आफ्नो समय आफैंले ब्यबस्थापन गर्ने हो ।
आफ्नो जीवनको प्राथमिकता आफैले तोक्ने हो । आफ्नो रुचीको लागि कति समय दिने भन्ने पनि
आफैले निर्धारण गर्ने हो । घर, परिवार र आफ्नो जिन्दगी चलाउनको लागि कमाई गर्न काम
गरेर बचेको समय समाज, आफ्नो र आफ्नो परिवारको लागि समय हो ।
सबै लेखक, कवि, कथाकार
वा साहित्यकारहरुलाई आफ्नो रचना उत्कृष्ठ बनोस भन्ने लाग्छ । आफ्नो रचना धेरै भन्दा
धेरै पाठकले पढ़ुन, सबैले प्रसंशा गरुन र सबै पाठकबाट सकारात्मक टिप्पणी मिलोस भन्ने
लाग्नु स्वाभाविक हो । तर, ब्यबहारिक रुपमा यो सम्भव छैन । किनकि सबै लेखक वा साहित्यकार
त्यत्तिकै सक्षम र उत्कृष्ठ हुन सक्दैनन् । र, सबै पाठकको लागि मात्र पनि लेख्दैनन
। कतिपय आफ्नो लागि लेख्छन र मौका मिले आफ्नो रचना पाठक सामु प्रस्तुत गर्छन । त्यस्तै हो मेरो हालत पनि । आफू सक्षम भएर उत्कृष्ठ
बन्न लेखेको हैन मैले । मेरो हकमा म बचेको समय सदुपयोग गर्न र मनको कुरा लिपिबद्ध गर्न
लेख्छु । त्यसैले मलाई थाहा छ मेरा लेख रचनाहरु औसत वा औसत भन्दा कम नै छन् ।
आफैले आफ्नो लेख रचनाको
बारेमा आफैंले मुल्यांकन पनि गर्नु पर्छ । यो सन्दर्भमा मेरा कुनै कुनै लेख रचना म
आफैलाई निकै मन पर्छन कुनै औसत मात्र लाग्छन र कुनै औसत भन्दा पनि कम लाग्छन । यस्तै
हुन्छ होला मेरो लेख रचनाको सन्दर्भमा पाठकले गर्ने मुल्यांकन पनि । कसैले तारिफ गर्ने
मेरो लेख कसैको लागि भने आलोचनाको बिषय बन्छ । कसैलाई राम्रो लाग्ने मेरो लेख रचना
कसैको लागि नराम्रो लाग्न पनि सक्छ । यो व्यक्तिगत चाहना र प्राथमिकतामा पनि भर पर्ने
कुरा हो । तर, राम्रो लेख वा रचना राम्रो नै हुन्छ भने, औसत लेख रचना औसत नै हुन्छ
।
आजकलका लेखक र साहित्यकारलाई
पर्ने अर्को द्विविधा भनेको आफ्नो रचना कहाँ प्रकाशित गर्ने वा छाप्ने भन्ने पनि हो
। छ्याप्छ्याप्ती खुलेका अनलाइन पोर्टल, खुला रुपमा सबैको लागि उपलब्ध सामाजिक संजाल
र पत्रपत्रिकामा छपाउने वा आफ्नो लेख रचनाको आफ्नै कृति निकाल्ने यो पनि आफैले छनौट
गर्ने बिषय हो । तर, म भने लेखक र साहित्यकारहरुले अनलाइन पोर्टल र सामाजिक संजालको
पनि उपयोग गर्न सक्नु पर्छ भन्ने मेरो मान्यता छ । त्यसो भएमा धेरै भन्दा धेरै पाठक
सामु पुग्न सकिने, आफ्नो लेख रचनाको लागि प्रतिक्रिया आउने र त्यसले आफूलाई सुधार हुन
सिकाउने वा प्रेरणा मिल्न पनि सक्छ ।
हरेक मानिस आफैमा कलाकार,
लेखक वा साहित्यकार हो । कोह़ी आफ्नो मनमा आउने कुरा, भावना र विचारलाई कुनै न कुनै
रुपमा लिपिबद्ध गरेर लेखक र साहित्यकार बन्छन भने कोह़ी आफ्नो मनको कुरा वा भावनालाई
आफैमा सिमित गर्छन र गर्भमा नै तुहाउँछन् । सबै काम गरेर, समाज, परिवार र आफ्नो लागि
समय दिएर बचेको समयमा केही न केही लेख्ने बानी गर्ने हो भने तपाई सबै लेखक वा साहित्यकार
बन्न सक्नु हुन्छ । त्यसैले मेरो सबै मित्र,
शुभचिन्तक र महानुभावहरुलाई लेखक वा साहित्यकार बन्नको लागि हार्दिक शुभकामाना छ ।
No comments:
Post a Comment