Thursday, 11 June 2020

लघुकथा: असल मानिस


लघुकथा: असल मानिस

असल मानिस

- डा. बच्चु कैलाश कैनी

मेरो कान्छो छोरा सानो हुँदा मैले उसलाई भनेको थिएँ, 'बाबु तिमी असल मानिस हुनु पर्छ।' त्यति नै बेला बाल जिज्ञासाको साथ उसले प्रश्न राखेको थियो, 'बाबा, असल मानिस भनेको के हो?' मैले बुझाउन खोजें 'बाबु, असल मानिस भनेको ज्ञानी हुनु हो।'

उसले फेरी सोध्यो, 'ज्ञानी मानिस भनेको के हो?' मैले भनें, 'ज्ञानी हुनु भनेको चकचक नगर्नु र सबैले भनेको मान्नु हो।'

उसले फेरी भन्यो, 'त्यसो भए हजुर किन असल मानिस नभएको?' मैले सोधें, 'किन तिमीलाई म असल मान्छे हैन जस्तो लाग्यो?'

उसले प्रतिउत्तरमा जवाफ दियो, 'हजुर सबै भन्दा धेरै यताउता गर्नु हुन्छ। कहिले पसलमा, कहिले गोठमा, कहिले अफिस, कहिले बाहिर, कहिले कता कता जानु हुन्छ। अनि मैले भनेको बेला तपाईले बिस्कुट, चाउचाउ, चक्लेट केही किनीदिनु हुन्न।'

उसको बालसुलभ मन र बोली देखेर म भने खित्का छोडेर हाँसे र भनें, 'यो कुरा तिमी बाबा जस्तै ठूलो भए पछि थाहा हुन्छ।'

आज उ मेरो नातिको बाबा बनि सक्यो र म पनि नातिको हजुरबुवा बनें। अब मलाई मेरो कान्छो छोरासंग सोध्न मन छ' 'बाबु अब तिमी बल्ल असल मानिस भयौ हैन?'

डार्टफोर्ड, बेलायत।
प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 26 जेठ, 2077

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ (भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो) – Online Khabar https://www.onlinekhabar.com/2025/07/1713794/doctors...