Thursday, 11 June 2020

लघुकथा: चुनौती

लघुकथा: चुनौती

~डा बच्चु कैलाश कैनी~
शनिबारको दिन, लण्डनको चिसो मौसम र सबैको व्यस्त जिन्दगी । आजकलको भैतिकबादी संसारमा काम, परिवार र समाजको लागि दिनु पर्ने समयबाट केही समय निकालेर लण्डनको व्यस्त जिन्दगीमा अध्यात्मिक प्रवचन, ध्यान, योग र सत्संगको लागि हाम्रो जमघट भयो ।
सबैको मनमा सायद शान्त र आनन्दमय जीवन जिउने अभिलाषा थियो । कुनै न कुनै रुपमा त्यो दिन आफूलाई सबै कुराबाट अलग गरेर केवल आफ्नै लागि निकालेको समय थियो ।
एक किसिमको शान्त वातावरण थियो त्यहाँ । कोठाको कुनामा दिप जलन भई रहेको थियो । परमपूज्य स्वामीको ठूलो तस्विरमा फूलको गुच्छा चढाईएको थियो । कोठामा लहरै बस्ने चटाईहरु राखिएका थिए । धुप वा अगरबत्तिको वास्नाले कोठा नै मगमग भई रहेको थियो ।
परमपूज्य स्वामीले परिचय र प्रवचनबाट दिनको शुरुवात गर्नु भयो । त्यहाँ ध्यान, योग, हल्का शारीरिक ब्यायाम र प्रवचनको कार्यक्रम थियो । स्वामीको मिठो प्रवचनमा सबै जना लट्ठ थिए । हल्का शारीरिक व्यायामले सबैको शरीरमा स्फुर्ती आउंदै थियो ।
अब ध्यानको पालो आयो । स्वामीले भन्नु भयो, ‘मनलाई एकाग्र पार्ने, आँखा बन्द गर्ने, विचार शुन्य गर्ने, आफ्नै स्वास प्रस्वास सुन्ने, जे जस्तो होस् बाहिरी संसारको कुनै कुरामा ध्यान नदिने ।’ स्वामीले भने जस्तै हामी सबै त्यस्तै गर्दै थियौ । आँखा बन्द, विचार शुन्य र मन एकाग्र ।
एकाएक कोठामा ‘टुई टुई टुई टुई टुई’ गर्दै लगातार ठूलो आवाज आयो । सबैलाई थाहा भयो, यो आवाज फायर अलार्मको नै हो । मनमा द्विविधा भयो, निरन्तर ध्यान गर्ने वा ध्यान भंग गर्ने ? तर, त्यहाँ एकै चोटी खित्का छुट्यो । एकैछिनमा व्यंग चल्यो, भौतिकवादले अध्यात्मवादलाई चुनैती दियो ।अर्थात, अगरबत्तिको वास्ना मिश्रित धुवांले बजाएको फायर अलार्मले ध्यानलाई चुनौती दियो । तरपनि हाम्रो मनको चाहनालाई भने कसैले चुनौती दिन सकेन । जहाँ संकल्प, त्यहाँ सफलता । अस्तु ।
लन्डन, बेलायत ।

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ (भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो) – Online Khabar https://www.onlinekhabar.com/2025/07/1713794/doctors...