Thursday, 11 June 2020

यो त जिन्दगी हो ..

यो त जिन्दगी हो ..

- डा. बच्चु कैलाश कैनी

निरन्तरको यो अविरल यात्रामा
कुनै गुनासो छैन
बोझ माथि बोझ बढे पनि
कुनै थकान छैन
यात्रा जति लामो भए पनि
कुनै बिश्राम छैन
यो त जिन्दगी हो
यहाँ उजुरी गर्ने कुनै ठाउँ नै छैन ।

पाउनु र गुमाउनुको
कुनै हिसाब किताब नै छैन
ज़िन्दगीमा आय ब्ययको
कुनै मतलब नै छैन
सुख र दु:खको
कुनै प्रबाह नै छैन
यो त जिन्दगी हो
यहाँ नाफा र घाटाको कुरा नै छैन ।

दिन पछि रात
वा, रात पछि दिन
ब्यर्थ बहस गर्नु कुनै तुक छैन
समयको पछि लागेको मानिस
वा, मानिसको पछि लागेको समय
यसमा बादविवाद गर्नु कुनै अर्थ छैन
सुख पछि दुख
वा, दुख पछि सुख
त्यस्तो कल्पना गर्नु कुनै मतलब छैन
यो त जिन्दगी हो
हुने कुरालाई टार्ने कुनै उपाय नै छैन ।

त्यसैले त् यहाँ
समयलाई आफ्नै गतिमा बढ्न दिनु पर्छ
गन्तव्यमा पुग्न दत्त चित्त भई लाग्नु पर्छ
केही पाउन केही गुमाउनु पर्छ
आफ्नो र अर्को नभनि
कर्तब्य पालना गर्नु पर्छ
यो त जिन्दगी हो
यसैलाई उपहार ठानी रमाउनु पर्छ ।

लन्डन, बेलायत ।
प्रकाशित मिति : प्रकाशन मिति : आईतबार, 1 भाद्र, 2076

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ (भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो) – Online Khabar https://www.onlinekhabar.com/2025/07/1713794/doctors...