Thursday, 11 June 2020

मैले मलाई चिन्ने हो

मैले मलाई चिन्ने हो

- डा. बच्चु कैलाश कैनी

आनन्दको अनुभूति बाहिर खोज्दै
आफ्नैं आत्मालाई धोका दिएँ मैले
मन्दिरमा आस्थाको बिऊ रोप्दै
आफ्नै मनको मन्दिर भुलें मैले
आफूलाई अरुसंग तुलना गर्दै
आफ्नै अस्तित्व नकारें मैले
भविष्यमा रमाउने चाहना राख्दै
वर्तमानमा दु:ख पाएँ मैले
अरुलाई चिन्ने प्रयत्न गर्दै
आफैंलाई बिर्सें मैले ।

भित्री र बाहिरी संसार
मेरा दुई अस्तित्व छन
म जे छु
म आफैं भित्र छु
म जे देखिन्छु
अरुको नजरबाट देखिन्छु
मैले मेरो नजर हेर्ने हो
अरुले आफ्नैं नजरबाट हेर्ने हो
मेरो र अरुको नजरको द्वन्दबाट
म विचलित भएँ भने
मेरो अस्तित्वले हार्ने छ ।

मेरो जीवन सार्थक बनाउन
मैले मलाई हेर्ने हो
मैले मलाई जान्ने हो
मैले मलाई पढ्ने हो
मैले मलाई नै पढ्न सकिन भने
अरुलाई कसरी पढ़ूंला ?
मैले मलाई नै बुझ्न सकिन भने
अरुलाई कसरी बुझुंला?
म छु र सबै छ मेरो लागि
म छु र अरु छन् मेरो लागि
मैले पहिले आफूलाई माया गर्ने हो
अनि अरुलाई माया बाँढ्ने हो
अरुको माया पाउने हो
मेरो जीवन सार्थक बनाउन
मैले मलाई चिन्ने हो ।

डार्टफोर्ड , बेलायत ।
प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 26 पौष, 2076

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ (भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो) – Online Khabar https://www.onlinekhabar.com/2025/07/1713794/doctors...