गजल
- डा. बच्चु कैलाश कैनी
मेरी प्रिय तिमी बाँच मेरो लागि
सबै मायाप्रेम साँच मेरो लागि ।
समयले नै हो परिपक्व बनाउँने
तिम्रो धैर्यता जाँच मेरो लागि ।
जीवनभर तिमीलाई साथ दिनेछु
खुसीका साथ नाँच मेरो लागि ।
तिम्रो अघि अरु सब शुन्य हुन्
सबै अवरोध भाँच मेरो लागि ।
तिमी छौ र बहार आउँछ मलाई
दुईमा दुई जोडे पाँच मेरो लागि ।
४ जेठ २०७७ (१७ मे २०२०)
डार्टफोर्ड, बेलायत ।
No comments:
Post a Comment