Tuesday, 21 July 2020

मेरी प्रिय

मेरी प्रिय

डा. बच्चु कैलाश कैनी 

मेरी प्रिय
तिमी मूर्ति बने
तिम्रो दर्शन गर्न आउने छु
तिम्रो पूजा गर्न धाउने छु
एकटकले तिमीलाई नअघाउन्जेल हेर्नेछु 
तिम्रो सामु तिमीलाई नै पाऊं भनी
बरदान माग्नेछु
तिम्रो प्रचार प्रसार गर्नेछु
, तिम्रो प्रसिद्धिमा पनि रमाउनेछु 

मेरी प्रिय
तिमी फूल बने
भमरा  बन्नेछु
तिम्रो रसको रसास्वादन गर्नेछु 
तिम्रो बगैचामा
दिनभरि डुल्नेछु
तिमीलाई कसैले चुडने हो की भनेर
तिम्रो रेखदेख गर्नेछु
तिम्रो सुन्दरताको दिल खोलेर तारीफ़ गर्नेछु
, तिम्रो सामु आफूलाई सँधैको लागि
समर्पण गर्ने छु

मेरी प्रिय
तिमी ढुङ्गा बन या फूल बन
तिमी केबल प्रकृति बन
प्रकृतिलाई माया गर्छु
तिमीलाई पनि प्रकृतिको बरदान नै मान्छु
तिम्रो सुन्दरता सरलतालाई पनि
त्यस्तै ठान्छु
त्यसैले तिमीलाई
सधै सधै माया गर्छु
मेरी प्रिय तिमी जे गरे पनि
तिमी जहाँ भए पनि
तिमीलाई आफ्नै ठान्छु

1 comment:

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ (भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो) – Online Khabar https://www.onlinekhabar.com/2025/07/1713794/doctors...