Saturday, 26 June 2021

कविता: तिमी


डा बच्चु कैलाश कैनी 











मनमा तिमी मुटुमा तिमी

सपनामा तिमी बिपनामा तिमी 

मेरो माया तिमी 

मेरो चाहना तिमी 

मेरो साथी हौ तिमी 

मेरो ढुकढुकी हौ तिमी 

अरु के भनुं

मेरो सर्वस्व हौ तिमी। 


म धन्य छु तिमी प्रति 

म आभारी छु तिमी प्रति 

म खुसी छु तिम्रो मायाले  

म हाँसेको छु तिम्रो साथले 

जीवन चलेको तिम्रो भरोसामा 

समय कटेको छ तिम्रो सम्झनामा 

तिमी छौ र म छु 

म छु र तिमी छौ

साँच्चै हो 

तिमी र म परिपुरक हौँ 

म र तिमी परिपुरक हौ।  


जति संगै समय काटे पनि 

मेरो लागि तिम्रो समय अपुग छ 

तिम्रो लागि मेरो समय अपुग छ 

दिन रात वा रात दिन 

संगै कुरा गरे पनि 

बिषयवस्तु अपार छ 

तिमी र म वा म र तिमी 

संगै हराए पनि 

संगै कराए पनि 

वास्तविकता पारदर्शी छ। 


जीवनका सबै पलहरु 

तिमीमा समर्पण गरें

जीवनका सबै दस्तावेजहरु 

तिमीमा लिखितम गरें 

जीवनका सबै धोकोहरु 

तिमीसंगै बाँडे 

हो, मैले त्यस्तै गरें 

जस्तो तिमीले मेरो लागि गर्यौ।


मेरो जीवनको हरेक मोडमा 

तिमीलाई देख्न चाहन्छु 

मैले हिंड्ने हरेक गोरेटोमा 

तिम्रो साथ चाहन्छु 

मेरो आरोह र अवरोहको 

तिमी साक्षी बनेको हेर्न चाहन्छु 

साँच्चै हो, मलाई विस्वास गर 

यता उता जता सुकै 

मात्र तिमीलाई हेर्न चाहन्छु।  


मैले तिमीलाई जान्ने र बुझ्ने हो 

तिमीले मलाई जान्ने र बुझ्ने हो 

त्यसैले 

मेरा सबै महत्वकांक्षहरु 

तिमीले बुझेकी छौ 

मेरा सबै सामर्थ 

मेरा सबै कमजोरी 

तिमीले जानेकी छौ 

तिमीले बुझेको म भएर 

म तिमीलाई हेर्न चाहन्छु 

मैले बुझेको तिमी भएर 

तिमी मलाई हेर 

हाम्रो पक्षमा संधै

समय बदलिने छ 

तिमी र म 

म र तिमी 

संगै संगै एक अर्कोलाई बुझेर 

हामी हुने छौ  

हाम्रो जीवन 

सहअस्तित्व र सहकार्यमा 

माया, प्रेम, आदर र सद्भावमा  

अघि बढ्ने छ

सधैको लागि जीवन चल्नेछ।


१२ असार २०७८ (२६ जुन २०२१)

ललितपुर, नेपाल।   

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ (भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो) – Online Khabar https://www.onlinekhabar.com/2025/07/1713794/doctors...