Monday, 31 January 2022

गजल

 

डा बच्चु कैलाश कैनी 















यहीं छ स्वर्ग भन्ने मेरो विस्वास ढलेको छैन 
बेथितिमा पनि मेरो मन अझै गलेको छैन। 

सबै तिर लुटेराहरुको बिगबिगी भएतापनि 
नेपालको प्राकृतिक सुन्दरता जलेको छैन। 

जसले जति मिठो  आस्वसन बाँडे पनि 
जनताको जिवीका सहज चलेको छैन । 

केवल भाषणमा मात्रै हो नयाँ नेपाल बन्ने 
वास्तवमा सम्वृद्धिको दियो बलेको छैन। 

सबैले उज्वल भविष्यको आशा गरे पनि 
विकासको ठोस फल अझै फलेको छैन। 

- डा. बच्चु कैलाश कैनी 
सोमबार, १७ माघ २०७८ (३१ जनवरी २०२२)
ललितपुर, नेपाल।  

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ (भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो) – Online Khabar https://www.onlinekhabar.com/2025/07/1713794/doctors...