Friday, 11 February 2022

कविता: उही हो माया

कविता: उही हो माया  

डा. बच्चु कैलाश कैनी


यता शहर तिर
माया सांटनेहरुको लागि
भ्यालेन्टाइन डे आयो रे
हुने खानेहरूका लागि
उपहारको बहार नै छायो रे
खे के के हो के के डे को नाममा
प्रेमी प्रेमिकाको चहल पहल बढ्यो रे।

उता मेरो गाउँमा
माया गर्नेहरुको लागि
कुनै डे नै आएन रे
संधै हातमुख जोर्ने
व्यस्तताले छायो रे
माया माया भन्दा भन्दै
जवानी गयो रे।

उता पनि मायाको नाउँमा
त्यहि मन मुटु हो सांटने
यता पनि उस्तै हो
मायाको लागि मन मुटु गाँस्ने
सबैको माया उस्तै हो
मनको प्रकृति उस्तै हो
मुटुको बनावट उस्तै हो
फरक केवल देखाउने तरिका हो
कसैले मायाको नाउँमा ब्यापार बढाउँछन्
कसैले मायाको नाउँमा माया मात्रै बढाउँछन्
यस्तै हो यहाँ
हुने खानेले मायाको प्रवर्धन गर्छन
हुँदा खानेले मायाको पुकार गर्छन।

ललितपुर, नेपाल।

https://sahityapost.com/kabyapost/kabya-poetry/64815/ 

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ (भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो) – Online Khabar https://www.onlinekhabar.com/2025/07/1713794/doctors...