जानु थियो भने मन भित्र छिरेको किन ?
यो दुखेको मुटुलाई अझै चिरेको किन ?
यो दुखेको मुटुलाई अझै चिरेको किन ?
मायाको नाउँमा दुई कदम अघि बढेर
उही पुरानै बाटो तिर फिरेको किन ?
मेरो मात्रै हैन तिम्रो मन पनि त दुख्ला
जानेरै आफूले आफैलाई पिरेको किन ?
अरुलाई थुक्दा आफूलाई छिटा पर्ला
नउठ्ने गरि तलै भुईमा गिरेको किन?
बिगतमा जे भयो अब बिर्सेकै राम्रो
तिम्रो त्यो मनमा इर्ष्या भिरेको किन?
- डा बच्चु कैलाश कैनी
बुधवार, असार १५ , २०७९ (२९ जुन २०२२ )
ललितपुर, नेपाल।
No comments:
Post a Comment