![]() |
डा बच्चु कैलाश कैनी |
के हो के हैन
बुझ्न सकेको छैन
मनको द्वुविधा हटेको छैन
के गर्ने के नगर्ने
सोच्न सकेको छैन
बाटो अझै तय भएको छैन।
मनको द्वुविधा हटेको छैन
के गर्ने के नगर्ने
सोच्न सकेको छैन
बाटो अझै तय भएको छैन।
दोबाटोमा उभिएर
यता हेर्छु उता हेर्छु
चारै तिर आँखा लगाउँछु
सबै तिर हरियाली देख्छु
बाटो तय नभए पनि
सबै तिर आफ्नो भविष्य देख्छु।
यथास्थितिमा पनि मन हाँसेको छ
बदलिएको परिस्थितिमा पनि मन खुसी हुनेछ
मेरो लागि, आफ्नै लागि
बिकल्पको पनि बिकल्प छ
मेरो आफ्नै रंग छ, सोचाई छ
जीवनको सुगन्ध छ।
प्रकृतिको पूजारी म
प्रकृतिमा शान्ति भेट्छु
मनमा देउता देख्छु
आफैंमा विश्वास गर्छु
कसले के दिन्छ के थाहा
तर, म आफैलाई सब दिन्छु।
छैन यहाँ कुनै पश्चाताप
गुनासो छैन कसैसँग
मेरो लागि सबै आफ्ना
कोही छैन बिरानो
लाग्छ जे भयो ठिकै भयो
जे का लागि हुँदैछ ठिक हुँदैछ।
जीवन यस्तै हो
चलाउने हो जीवन
रमाउने हो जीवन
खुसी साथ जीउने हो जीवन
भोलि हुन्छ हुँदैन, थाहा छैन
आजै जीउने हो जीवन।
२०७९ असोज १४, शुक्रबार (३० सेप्टेम्बर २०२२)
ललितपुर, नेपाल।
No comments:
Post a Comment