Monday, 24 October 2022

डा बच्चुकैलाश कैनीका पाँच कृति विमोचन

https://www.ujyaalonetwork.com/archives/186962 


डा बच्चुकैलाश कैनीका पाँच कृति विमोचन

 उज्यालो प्रतिनिधि५ कार्तिक २०७९, शनिबारकला/साहित्य

उक्त कृतिको विमोचन गर्दै वरिष्ठ साहित्यकार प्रा.डा.अभि सुवेदीले डा कैनीको कृतिले नेपाली साहित्य जगतमा नयाँ इँटा थपिएको बताए । “हरेक कृतिमा जीवनलाई सहज ढङ्गले लेखेको पाइयो, फराकिलो क्यान्भासलाई छोटकरीमा लेखिएको छ”, उनले भने ।वरिष्ठ मुटु रोग विशेषज्ञ एवं साहित्यकार डा।भगवान कोइरालाले एकै पटक धेरै कृति नेपाली साहित्य जगतमा ल्याउनु उल्लेखनीय कार्य भएको बताए । उनले लेखक डा।कैनीलाई आगामी कृति लेखनको शुभकामनासमेत दिए । ‘अदृश्य मनका सादृश्यहरू’ निबन्ध सङ्ग्रहबारे चर्चा गर्दै नियात्रा समाज नेपालका अध्यक्ष प्रतीक ढकालले निबन्धकार डा कैनीले मनका कुरा निबन्धमार्फत प्रस्तुत गरेको बताए । उनले कृतिले लेखकलाई सँधैभर अमर राखेको उल्लेख गरे ।

‘भिसागर्ल’ कथासङ्ग्रहमाथि चर्चा गर्दै वरिष्ठ साहित्यकार शिव प्रकाशले प्रवासमा बसेर लेखिएका कृतिमा नेपालीपन घुस्ने गरेको बताए । उनले समग्रमा कथासङ्ग्रह राम्रो भएपनि केही कथाहरू हतारमा लेखिएको भान पाठकमा भएको उल्लेख गरे ।

‘सीमाहीन सीमा’ र ‘रङको पहिचान’ कविता सङ्ग्रहमाथि चर्चा गर्दै कवि प्रा।डा।खुमनारायण पौडेलले ५०/५० कविता समावेश भएका दुई वटै कृति सरल भाषामा लेखिएका बताउनुभयो । उहाँले कविताभित्र राजनीति, प्रकृति र व्यङ्ग्य भएको उल्लेख गरे ।

वरिष्ठ समाजसेवी एवं पूर्व राज्यमन्त्री अमरराज कैनीले सामान्य परिवारमा जन्मेर बेलायतमा विद्यावारिधि गर्नुभएका डा.कैनीले अस्पताल व्यवस्थापन बाहेक नेपाली साहित्यमा देखाएको रुचि सराहनीय भएको बताए। उनले डा।कैनी बहुप्रतिभाका धनी भएको उल्लेख गरे।

साहित्यकार प्रभा कैनी, आवरण प्रकाशनका अध्यक्ष रमेश पौडेल, नेपाल क्यान्सर अस्पताल हरिसिद्धीका अध्यक्ष डा.सुदिप श्रेष्ठलगायतले अस्पताल व्यवस्थापनमा विज्ञता हासिल गरेका डा।कैनीले अस्पताल व्यवस्थापनका बाबजुद साहित्यमा कलम चलाएकामा खुसी व्यक्त गरे।

लेखक डा.कैनीले २०४० सालको दशकदेखि कविता लेख्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि नयाँ कृति प्रकाशन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उनले आज विमोचन भएका कतिपय कृतीहरू बेलायतमा हुँदा नै लेखिएको स्पष्ट पारे।

तनहुँको ब्यास नगरपालिका–१२ कमलबारीमा जन्मनुभएका डा.कैनीले ग्रीनवीच युनिभर्सिटी लण्डनबाट अस्पताल व्यवस्थापनमा विद्यावारिधि गर्नुभएको छ ।

उनले यसअघि प्रिन्सिपल अफ हस्पिटल म्यानेजमेन्ट, फाइनान्सियल म्यानेजमेन्ट र मेरो रहरलगायत पुस्तक प्रकाशन गरिसक्नुभएको छ ।

No comments:

Post a Comment

स्वास्थ्य सेवामा सुधारको सन्देश

  https://swasthyakhabar.com/story/58098 विचार/विश्लेषण स्वास्थ्य सेवामा सुधारको सन्देश स्वास्थ्यखबर बुधबार, कात्तिक ७, २०८१   १४:०३ स्वास्थ...