Monday 20 November 2023

कविता: मेरो कथा, मेरो बेदना!

कविता: मेरो कथा, मेरो बेदना!







मेरो अस्तित्व
खै कहाँ छ ?
मेरो जीवनको महत्व
हराएको छ
हेपिएको छु म
चेपिएको छु म
अभाव नै अभावले
घेरिएको छु म।

बिरामी परेको बेला
ओखती र अस्पताल छैन
बिहान बेलुका
चुल्हो बाल्ने जोरजाम छैन
काम खोजुँ भन्दा
कतै पाएको छैन
यस्तै यस्तै दु:ख पोखे पनि
कतै सुनुवाई भएको छैन
निरन्तर संघर्ष गरे पनि
गरिवीको पासोबाट
छुटकारा पाएको छैन।

तिमीलाई चुन्ने
सरकार बनाउने
उसको जस्तै
अर्थात, हुने खानको जस्तै
आसपासमा 'जी' 'हजुर' गर्नेको जस्तै
मेरो पनि त्यही एक भोट हो
तिम्रो पनि त्यही एक भोट हो।

यहाँ, अर्थात मेरो देशमा
मेरो भोटको
कदर भएको छैन
नोट चल्ने जमानामा
हामी जस्ता चोट सहनेको
हारगुहार र अनुरोध पनि
कसैले सुनेको छैन
अब म थाकें हजुर
कसैले सुन्छन की भन्ने
भरोसा गरेको छैन
तरपनि, यो मान्छेको जीवन यस्तै हो
सास रहेसम्म
भविष्यमा केही हुन्छ कि भन्ने
आशा मारेको छैन।

- डा. बच्चु कैलाश कैनी
शनिवार, मङ्सिर ३, २०८० (१८ नोभेम्बर २०२३)

डार्टफोर्ड, बेलायत। 




No comments:

Post a Comment

Addressing Healthcare Inefficiency In Nepal

https://risingnepaldaily.com/news/40853   The Rising Nepal  Fri, 29 March 2024 Share Change Font Sizes: While Nepal has made significant str...