Sunday 17 December 2023

मेरा तीन मुक्त्तकहरु

















१ 

औंशीको रातमा पनि, जुनको कुरा गरेकोछु 

कसैको चुह्लो नबल्दा,  नुनको कुरा गरेकोछु 

जस्तो परिस्थिती आउँछ, त्यस्तै कुरा गर्ने हो 

अहिले  देश सम्झंदा, सुनको कुरा गरेकोछु। 


२ 

भ्रष्ट भई मति बिग्रेछ, उनको कुरा गर्न मन छैन 

अब त अति नै भयो, सुनको कुरा गर्न मन छैन 

सबैतिर बिकृती र निराशा कै कुरा भई रहेकोछ  

त्यसैले मलाई, मीठो धुनको कुरा गर्न मन छैन। 


३ 

पोहोर मात्रै हो, हाम्रो कुरा सुनेर गएका थिए 

देश छिट्टै युरोप हुने, हिसाब गुनेर गरेका थिए 

त्यसपछि कता हराए कसैलाई थाहा छैन रे!

कठैबरा! देश बनाउने सपना बुनेर गएका थिए। 


No comments:

Post a Comment

Addressing Healthcare Inefficiency In Nepal

https://risingnepaldaily.com/news/40853   The Rising Nepal  Fri, 29 March 2024 Share Change Font Sizes: While Nepal has made significant str...