Sunday, 16 November 2025

कविता : म चुप छु

 म चुप छु | डा. बच्चु कैलाश कैनी

म चुप छु


म चुप छु

डा. बच्चु कैलाश कैनी

आजकल मसँग
लेख्ने वा बोल्ने
शब्दहरु हराएका छन्
त्यसैले म चुप छु।

नलेख्नु, नबोल्नु वा मौन रहनु
विचार बिहीन हुनु हैन
आजकल म स्तब्ध छु
म दु:खी छु
त्यसैले, म चुप छु ।

आजकल
सामाजिक संजाल रंगिन छ
रातो, कालो, निलो, सेतो आदि
सबै रंगले पोतिएको छ
सत्य र असत्य छुट्टयाउन
कठिन छ मलाई
त्यसैले, म चुप छु।

मेरो मन अस्थिर छ
भय, राप र तापले
मेरो मन पोलेको छ
आजकल मेरो मन दु:खेको छ
चारैतिर दौडिएको छ
त्यसैले, म चुप छु।

चुप बस्दा पनि
बात लागेको छ
किन मौन बसेको?
प्रश्न उठी रहेको छ।

शब्दहरु सापटी लिएर
केही कोर्न वा बोल्न सक्दिन
किनकी
पछि म सँग सापटी फिर्ता गर्ने
शब्द नहुन सक्छ
त्यसैले म शब्दहरु सापटी लिन्न
अहिले चुप नै बस्छु
मेरो मन र मस्तिष्कलाई
शान्त पार्छु
बोली र लेखाईलाई
ठप्प पार्छु
हो, म अहिले मौन बस्छु
एकान्तमा चुप रहन्छु
र, यसरी नै म बिरोध जनाउँछु।

डार्टफोर्ड, बेलायत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

कविता : म चुप छु

  म चुप छु | डा. बच्चु कैलाश कैनी म चुप छु म चुप छु डा. बच्चु कैलाश कैनी आजकल मसँग लेख्ने वा बोल्ने शब्दहरु हराएका छन् त्यसैले म चुप छु। नले...