Friday, 17 November 2017

लघुकथा: मेरो टोपी


लघुकथा: मेरो टोपी

लधुकथा: मेरो टोपी
-    डा. बच्चु कैलाश कैनी

स्कुल पढ्दा शुक्रबार मलाई सधैं एकदम रमाइलो  लाग्थ्यो शुक्रबार आधा दिन मात्रै पढाई हुन्थ्यो अनि हरेक शुक्रबार हाम्रो स्कुलमा केही केही कार्यक्रम पनि हुन्थ्यो

त्यसैले मलाई हरेक शुक्रबार बिशेष लाग्थ्यो त्यस मध्ये जुन शुक्रबार स्कुलमा गाउने नाँच्ने पालो आउंथ्यो, त्यो दिन मलाई अझै बिशेष लाग्थ्यो

कहिलेकाहीं स्कुलमा नाँच प्रतियोगिता हुन्थ्यो   मलाई नाँच्न  खास नआउने तर मलाई नाँच्दा लगाउने मौलिक नेपाली पोशाकहरु लगाउन भने खुब सोख लाग्थ्यो त्यसैले नाँच्न नजाने पनि सधैं अघि सर्थें त्यस्तै दश कक्षामा पढ्दा एक दिन शुक्रबार स्कुलमा हामी बिद्यार्थीहरु बिच नाँच्ने प्रतियोगिता थियो मैले पनि नाँच प्रतियोगितामा भाग लिएँ   त्यो दिन नाँच्न दौरा सुरवाल नेपाली ढाका टोपीमा आएको थिएँ नजाने पनि मैले नांचे जस्तो गरें

नाँच सकिए पछि घर जाने बेला सधैं झैँ मेरा साथीहरु जनक, प्रकाश, शान्ता उर्मिलासंगै घर फर्कदैं थियौं अरुले मेरो खिस्सी गरे पनि शान्ताले मेरो ढाका टोपीको खुब प्रसंशा गरी उसले मलाई ढाका टोपी लगाएको सुहाएको कुरा सुनाई उसले मेरो ढाका टोपी नाँचको धेरै तारिफ पनि गरी

शान्ता मेरी मन पर्ने साथी थिई शालिन पढ्नमा लगनशील पनि थिई मलाई उसले तारिफ गरेको मन पर्यो लाग्यो उसले जे भनि त्यो सही हो ढाका टोपीमा साँच्चै राम्रो देखिएको छु उसले जुन दिन देखि मेरो ढाका टोपीको तारिफ गरी त्यसै दिन देखि मैले ढाका टोपी लगाउन थालें साथी भाईले जे भने पनि मैले केही मतलब राखिन किनकी मलाई शान्ताले जे भनि त्यही ठिक लाग्यो

एसएलसी दिए पछि हामी अलग भयौ शान्ताको पनि बिहे भयो   आफ्नै घर परिवार जिन्दगी सम्हाल्न ब्यस्त भई स्कुले जीवन सकेर कलेज पढ्न काठमान्डौ आएँ काठमान्डौ आएर पनि उस्तै भएँ ममा बदलिने कुनै सोच आएन शान्ताले प्रेरणा दिएर मलाई लगाउन सिकाएको ढाका टोपी काठमान्डौ आएर पनि मैले लगाएँ

कलेज पढ्ने क्रममा हाम्रो आईकमको कक्षामा मेरो एक जना साथी थिइन - इन्दिरा उनी काठमाण्डौकी रैथानिया मलाई एकदम मन पर्ने साथी उनको बोलीचाली जीउडाल मलाई शान्ताको जस्तै लाग्थ्यो त्यसैले उनलाई मन पराउँथें

मेरा एकजना मिल्ने साथीले एक दिन इन्दिरालाई मैले उनलाई मन पराउने कुरा सुनाएछ उनले जस्तो टोपी लगाउने पाखेलाई हेर्न समेत नसक्ने कुरा बताइछन मलाई एकदम नराइलो लाग्यो मैले उनलाई सम्पूर्ण रुपमा बिर्सें तर मैले मेरो टोपी लगाउने बानी बदलिन

मनमनै शान्ता इन्दिरालाई तुलना गरें कहाँ की मेरी गाउँ की साथी शान्ता, कहाँ काठमान्डौ की इन्दिरा। एउटा टोपीको प्रसंशा गर्ने, अर्की टोपी देखि नसक्ने मनमनै सोचें जसले जे भने पनि आ-आफ्नो विचार हो

स्कूलदेखि ढाका टोपी लगाउने बानी पारेको म अहिलेसम्म करिव तीस बर्षको सरकारी जागिरे जीवनमा पनि निरन्तर रुपमा टोपी लगाउंदै आएको छु मलाई कहिले पनि टोपी लगाएमा कुनै ग्लानी भएको छैन बरु मैले सगर्व मेरो शीरमा मेरो देश, संस्कृती राष्ट्रियताको पहिचान टोपी लगाउने गरेकोमा निकै खुसी लाग्छ मलाई खुसी शान्तालाई सम्झेर पनि लाग्छ, जसले मलाई टोपी लगाउन प्रेरणा दिइन

----------------------------

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ (भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो) – Online Khabar https://www.onlinekhabar.com/2025/07/1713794/doctors...