Sunday, 15 March 2020

नाममा त्यस्तो के हुन्छ ?


नाममा त्यस्तो के हुन्छ ?

हामी सबैलाई सबै भन्दा प्यारो लाग्ने धेरै कुराहरु मध्ये आफ्नो नाम पनि एक हो सबैलाई आफ्नो नाम प्यारो लाग्छ कसैले प्यारले आफ्नो नाम लिंदा हामी खुसि हुन्छौ कहीं पत्रपत्रिकामा राम्रो काम गरेर आफ्नो नाम छापिएको देख्दा हामीलाई खुसि लाग्छ हामी आफ्नो नामले नै आफ्नो पहिचान बनाएका हुन्छौ त्यसैले, नाम भनेको केवल बोलाउने वा लेख्ने नाम मात्रै हैन यो पहिचान पनि हो

मेरो नामले मेरो पहिचान दिन्छ मेरो नाम संगै धेरै कुराहरु जोडिएको हुन्छन मेरो  व्यक्तित्व, गुण, अवगुण, चरित्र, योग्यता, क्षमता, दक्षता, अनुभव, रुप, रंग, ढंग, बोलिचाली आदी इत्यादी सबै मेरो नामसंग जोडिएका हुन्छन मैले जानी नजानी गर्ने ब्यबहार, मैले गर्ने राम्रो काम वा कुकृत्य पनि मेरो नाम संगै जोडिएको हुन्छ यो अर्थमा भन्ने हो भने मेरो नाम मेरो लागि सबै कुरा हो

तर यसो भन्दैमा नामले सबै कुरा हुने पनि हैन कामले नाम बनाउने हो सोचाई, चरित्र, बुद्धि, ब्यबहार सत्कर्मले नाम बनाउने हो प्रकाश नाम हुँदैमा कोही चम्किने हैन धन प्रसाद नाम हुँदैमा कोही धनी हुने पनि हैन आफ्नो नाम चम्काउन धेरै कुराहरु गर्नु पर्छ धनी हुन धेरै मेहेनत गरेर मात्रै पुग्दैन, अनेक कुराहरु गर्नु पर्दछ नेपालको नाम अमेरिका अमेरिकाको नाम नेपाल भएको भए के नेपालको विकास, आर्थिक उन्नति प्रगति अमेरिकाको जस्तो   नेपालीको रुपरंग, ढंग ब्यबहार अमेरिकनको जस्तै हुन्थ्यो ? यसको उत्तर सहज , पक्कै हुँदैन थियो नेपाल अमेरिका जस्तै हुनको लागि के हुनु पर्थ्यो, त्यो छुट्टै चर्चाको बिषय हो

पद पनि एउटा नाम हो नेपालको सन्दर्भमा पदसंग जोडिएका धेरै नकारात्मक प्रसङ्गहरु सुनिन्छन पदलाई कमाउने भाँडो, राजनीतिक चलखेलको लागि खुल्ने बाटो, आफ्ना नातागोता आफू भन्दा माथिकालाई रिझाउने उपाय, शक्ति देखाउने कुरा आदिको रुपमा लिने गरिन्छ कतिपय प्रसंग सन्दर्भमा यो कुरा सही पनि देखिन्छ किनकी आफ्नो पदलाई  दुरुपयोग गर्नेहरु नेपालमा धेरै छन पदमा पुग्ने बित्तिकै आफ्नो जिम्मेवारी कुशलतापूर्वक सम्पादन गर्ने भन्दा धेरैले पदको लाभ लिने गरेको धेरै उदाहरणहरु देख्न सकिन्छ

कुनै पनि पद कामसंग वा जिम्मेवारीसंग जोडिएको हुन्छ पद एउटा नाम मात्रै हैन, पद भनेको मान प्रतिष्ठाको प्रतिक पनि हो कुनै जिम्मेवारी सहितको पद भनेको त्यसै पाइने कुरा हैन वा कसैले सित्तैमा बाँड्ने कुरा पनि हैन पद भनेको नियम कानून अनुसार एउटा निश्चित प्रक्रिया पुरा गरेर कर्तब्य सहित पाइने जिम्मेवारी हो चाहे त्यो सानो पद होस् वा ठूलो पद नै किन नहोस, सबै पदको एउटा निश्चित सिमा, तोकिएको योग्यतापालना गर्नु पर्ने कर्तब्य जिम्मेवारी हुन्छन

पदसंग जोडिएको र मैले भोगेको एउटा रोचक प्रसङ्ग यहाँ उल्लेख गर्छु नेपालमा एउटा अस्पतालको प्रशासन प्रमुखको पदमा काम गर्दा तत्कालिन स्वास्थ्य मन्त्रि अस्पतालका अध्यक्षले आफ्नो ज्वाईलाई नियुक्ती गर्न मेरो तहको पदलाई उप-प्रमुख बनाई मेरो भन्दा एक तह माथिको प्रशासन प्रमुख पद खडा गरे उक्त बिषयमा त्यस बेलाका अस्पतालका कार्यकारी निर्देशकसंग मैले प्रतिवाद गरें उनी पनि राजनीतिक नियुक्ती पाएका व्यक्ति परे आफू जति सुकै योग्य कुशल प्रशासक भनिएर चिनेएको भए पनि  लाचार भएर उक्त निर्णय गर्न निर्णय कार्यान्वन गर्न सहयोग गरे त्यति मात्रै हैन, उनले मलाई सम्झाउने शैलीमा भने 'तपाईको नाम प्रशासन प्रमुख वा उप-प्रमुख जे भए पनि केही फरक पर्दैन आखिर तपाईको तलब उही हुन्छ, काम पनि उही हो त्यसैले यो केवल नाममा फरक पर्ने हो ' मैले त्यति  बेला उहाँलाई भनेको थिएँ, 'नाममा केही फरक पर्दैन भने के आज देखि कार्यकारी निर्देशकोको पद पिउन पिउनको पद कार्यकारी निर्देशक राखे कसो होला?' मेरो त्यो प्रश्नमा उनी नाजवाफ भएका थिए किनकी कुनै पद नाम मात्रै हैन त्यो जिम्मेवारी, उत्तरदायित्व, कर्तब्य पहिचान पनि हो

व्यक्तिको नामको हकमा कुनै व्यक्तिले आफ्नो नाम आफैले राख्ने प्रचलन छैन हामी सबैको नाम हामीले थाहा पाउनु पूर्व वा केही जान्ने बुझ्ने हुनु पहिले नै हाम्रो नाम हाम्रो अभिभावकले राखी दिएका हुन्छन यो अर्थमा आफ्नो नाम राख्ने हक कुनै व्यक्ति स्वयंको  हुँदैन हुन कानूनी रुपमा हामीलाई आफ्नो  नाम परिवर्तन गर्ने बाटो खुला , तर यो बाटो समाएर नाम फेर्ने झन्झट कसले गर्ने ? त्यसैले जे नाम त्यही स्वीकार गर्ने नामको लागि काम गर्ने हो खास भन्ने हो भने नाममा केही छैन जे काममा कामलाई नामसंग जोड्ने हो आफ्नो नामलाई राम्रो काम गरेर चिनाउने हो आफ्नो नामको इज्जत आफैले राख्ने हो

नेपालको प्रदेश नम्बर ले आफ्नो नाम कर्णाली प्रदेश पायो त्यही प्रदेशको नामको कचकचमा झन्डै नेपालको संबिधान अड्किएको थियो नाम जे राखे पनि संघियताको मुल मर्म आर्थिक उन्नति, प्रगति जनताको जीवनस्तरमा सुधार गर्नु हो संघियताको कार्यान्यन नामसंगै अब कर्णाली प्रदेशका जनताहरु विकासको हकदार छन् आर्थिक उन्नतिसंगै आफ्नो जीवनस्तरमा व्यापक सुधारको अपेक्षा राखेका छन् नाम जे सुकै होस्, त्यसको खासै तात्विक अर्थ हुँदैन यदि त्यहाँका जनताले परिवर्तनको स्वाद चाख्न पाएनन् भने अब कर्णालीका जनताले नाम संगै काम हेर्न चाहेका छन् त्यसैले नाममा के हुन्छ यदि काम नै भएन भने ?

(लेखक डा. कैनी क्विन एलिजावेथ अस्पताल, लण्डनमा बरिष्ठ ब्यबस्थापक आर्डेंन बिश्वबिद्ध्यालय, लण्डनमा सह-प्राध्यापकको रुपमा काम गर्छन )

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ (भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो) – Online Khabar https://www.onlinekhabar.com/2025/07/1713794/doctors...