Tuesday, 3 March 2020

प्रेम

प्रेम

प्रेम

गजल

- डा बच्चु कैलाश कैनी
२०७६ फागुन २ गते २०:४७
 255  0  0
Dr Bachhu Kaini
डा बच्चु कैलाश कैनी
प्रकृतिलाई हेर जताततै झल्कन्छ प्रेम
यहाँ सद्भाव र करुणामा टल्कन्छ प्रेम ।
माया र विश्वासमा टिकेको छ संसार
रिस र घृणामा आगो बनेर सल्कन्छ प्रेम ।
माने सबै आफ्नो हुन्छन् नमाने सबै पराई
सबलाई माया गर त्यहाँ छल्कन्छ प्रेम ।
नि:स्वार्थ भई कसैलाई आफ्नो बनाए
न्यानो र चोखो मायामा सधैं पल्कन्छ प्रेम ।
माया दिएर र लिएर कहिले सकिंदैन्
अथाह छ जति बाँड्यो उति तन्कन्छ प्रेम ।
फागुन २, २०७६ (१४ फेव्रुवरी २०२०)
डार्टफोर्ड, बेलायत ।

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ (भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो) – Online Khabar https://www.onlinekhabar.com/2025/07/1713794/doctors...