Sunday, 11 October 2020

गजल

 गजल 

- डा बच्चु कैलाश कैनी












राजा गएर नेता आए चाल उस्तै छ 

दैनिक गुजारा गर्नेको हाल उस्तै छ। 


दायाँ बायाँ फर्केकाको पनि हेरियो  

समग्रमा यहाँ सबको ताल उस्तै छ। 


नेताहरु लोकप्रिय हुन जेपनि भन्छन  

आज पनि बोलीको छाल उस्तै छ। 


सुसाशनको नारा जसले जति रटेपनि  

जताततै भ्रष्टाचारको जाल उस्तै छ। 


खै कसलाई आयो विकास र सम्वृद्धि 

यहाँ देश, परिस्थिती र काल उस्तै छ। 


२५ असोज २०७७, आइतवार (११ अक्टोबर, २०२०)

लन्डन, बेलायत। 

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ (भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो) – Online Khabar https://www.onlinekhabar.com/2025/07/1713794/doctors...