Monday, 24 May 2021

गजल

 गजल 

डा. बच्चु कैलाश कैनी 


जिउनु नै ठूलो कुरा भयो अब रहरको कुरा नगर 

भिड देखि सबै भागेका छन् शहरको कुरा नगर। 


रोग र भोकमा डुबेकाले पनि साथ् खोजेका छन्  

सबै आफ्नैं हुन मात्रै तिम्रो घरको कुरा नगर। 


सारा संसारलाई हेरेर आत्माविस्वास दह्रो पारेर 

आत्तिएकालाई सम्हाल्नु पर्छ डरको कुरा नगर। 


तोके अनुसारका सबै मापदण्डहरु पालना गरेर  

आफैं सचेत बन्ने हो अरुको भरको कुरा नगर। 


सुख र दु:ख दुवै जीवनको अभिन्न अंग हुन् 

हाँसी हाँसी जिउनु पर्छ कहरको कुरा नगर। 


११ जेठ २०७८, मंगलबार (२५ मे २०२१)

ललितपुर, नेपाल।  

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ (भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो) – Online Khabar https://www.onlinekhabar.com/2025/07/1713794/doctors...