Sunday, 15 August 2021

कविता: अस्थायी मन

 

अस्थायी मन कविता डा. बच्चु कैलाश कैनी August 14, 2021

डा. बच्चु कैलाश कैनी
डा. बच्चु कैलाश कैनी

आज एउटा लाग्ने कुरा
भोलि अर्कै लाग्ने
मनमा आउने कुरा
आउने र जाने
यहाँ कुनै कुरा स्थायी नहुने ।

मन त मन नै हो
मनले जित्यो स्वामित्व लिने
मन फेरी मोडिन बेर नलाग्ने
मनमा कहिले के लाग्ने कहिले के जाग्ने
यहाँ कुनै कुरा स्थायी नहुने ।

अहिले जे सोचें, देखें र भोगें
आजको लागि त्यही स्थायी लाग्ने
भोलि त कसलाई के थाहा छ र
भोलिको रहर के हो जाग्ने ?
यहाँ कुनै कुरा स्थायी नहुने ।

परिवर्तन त प्रकृतिको नियम हो
मन र रुप दुवै परिवर्तन हुने
फूलेको फूल झरेर जाने
हरियो पात सुकेर जाने
यहाँ कुनै कुरा स्थायी नहुने ।

मन त परिवेशको प्रतिफल हो
कहिले कता दौडने कहिले कता बग्ने
समयले जता लग्यो उतै जाने
मन पनि परिवेशको परिवन्दमा पर्ने
क्षण क्षणमा यो मन परिवर्तन हुने
त्यसैले, यहाँ कुनै कुरा स्थायी नहुने ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ (भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो) – Online Khabar https://www.onlinekhabar.com/2025/07/1713794/doctors...