बिरानो मान्छेमा मप्रति, गहिरो अनुराग रहेछ
उसको मुटुको कुनामा, मेरो पनि भाग रहेछ।
उसको मुटुको कुनामा, मेरो पनि भाग रहेछ।
उनी टाढैबाट हेर्ने, अनि टाढै बाट लजाउने
मलाई पनि माया गर, उसको माग रहेछ।
कहिलेकहीं उनी, मुसुक्क मुस्कुराएको देख्थें
मैले बुझ्दै बुझिन, त्यो त प्रेमको राग रहेछ।
तिम्रो मायाको इशारा, मैले बुझ्न सकिन
मेरो मन माया नचिन्ने, कठोर दाग रहेछ।
समयले हो सिकाउने, चिन्ने र जान्ने बनाउने
बल्ल बुझें प्रिय, त्यो मुटु सुन्दर बाग रहेछ।
बुधबार, २२ भाद्र २०७९ (७ सेप्टेम्बर २०२२)
ललितपुर, नेपाल।
No comments:
Post a Comment