Monday, 20 March 2023

कविता: हाम्रो भोगाई

कविता: हाम्रो भोगाई 

डा.  बच्चु कैलाश कैनी 












दिन प्रतिदिन बढेको छ अभाव 
रोजगारी खोज्नेको लागि रोजगारको अभाव 
स्वास्थ्य उपचार खोज्नेको लागि 
राम्रो स्वास्थ्य केन्द्रको अभाव 
सुशासन खोज्नेको लागि 
उदाहरणीय व्यक्त्तिको अभाव 
घर परिवार चलाउनको लागि पैसाको अभाव
पैसा कै  कारण सबैको अभाव 
अभावको भारी गह्रुङ्गो भयो 
नबोकुं भन्दा पनि सुख छैन 
यही रहेछ हाम्रो भागमा बढ्ने 
देशमा आर्थिक सम्वृद्धि नहुँदा 
सबैको भागमा पर्ने। 

दिन प्रतिदिन बढेको छ विसंगति
बेथितीको चांगको पहाड नै बन्यो  
समाजमा देख्न नहुने कुरा देखिन्छन 
बोल्न नहुने कुरा बोलिन्छन 
सुन्न नहुने कुरा सुनाईन्छन
प्रभाव परेको छ नकारात्मक सोचको 
समाजमा हुने विकृती र विसंगतीको। 

रात दुई गुणा दिन चार गुणा बढेको छ महंगी
कसैको लगाम छैन यहाँ 
जसको शक्त्ति उसैको भक्त्ति भएको छ 
बढाउन सक्नेसम्म भाऊ बढाउन 
लागि परेकाछन् लोभी र पापीहरु  
सर्वसाधारण सबैको 
जीवनको आधारभूत आवश्यकता 
पुर्याउन गार्हो भएको छ 
तथापि, सिमित वर्ग शोषण गर्न लागि परेको छ। 
 
हो, त्यसैले आजकल 
धेरैको तनाव बढेको छ 
रातमा अनिन्द्रा बढेको छ
मनमा चिन्ता बढेको छ  
रोग बढेको छ 
रोगसँगै शोक पनि बढेको छ 
बढ्न नहुने सबै कुराहरु बढेका छन्  
अस्वाभाविक लाग्ने सबै कुराहरु बढेका छन् । 

सबैले जानेको कुरा 
भोगेको कुरा 
उमेर र समयले सिकाएको कुरा
चाहेर वा नचाहेर 
घट्ने उ उही मृत्युको नजिक पुग्ने दिन रहेछ 
अभावमा पिल्सिनेको लागि 
यहाँ घट्ने आफ्नै थैली रहेछ 
यसैले, आफन्त र समाजको माया घट्ने रहेछ। 


६ चैत २०७९, सोमबार (२० मार्च २०२३) 
डार्टफोर्ड, बेलायत।  

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ (भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो) – Online Khabar https://www.onlinekhabar.com/2025/07/1713794/doctors...