Tuesday, 21 March 2023

कविता: सोचाई र भोगाई

कविता: सोचाई र भोगाई 

डा. बच्चु कैलाश कैनी 
















खाली छ धर्ति 
तर, छैन आफ्नो टेक्ने ठाउं
खाली छ आकाश पनि 
तर, छैन आफ्नो उड्ने पंखेटा
खाली छ मन 
तर, छैन मन भर्ने विचार
खाली छ भाग्य 
तर, छैन भाग्य भर्ने निधार। 

सोचेर मन मात्रै भरिने हो 
आफैं भाग्य सुध्रिने हैन   
लेखेर कागज भरिने हो 
आफैं भविष्य बन्ने हैन 
अरु उडेको देखेर रमाउने मात्रै हो 
आफैं उड्ने पंखेटा आउने हैन 
प्रकृति हेरेर भगवान प्रति धन्य हुने हो 
आफैं प्रकृति सिर्जना गर्ने सक्ने हैन। 

नहुने कुरा मनको लड्डु हो 
आज जे छ त्यहि यथार्थ हो 
लेख्नु र भोग्नु फरक छ 
देख्नु र भोग्नु फरक छ 
सोच्नु र भोग्नु फरक छ
आज र भोलि नै फरक छ। 

जीवन यस्तै हो त्यस्तै हो 
फरक फरक पात्रका लागि 
फरक फरक अनुभूति 
फरक फरक समयका लागि 
फरक फरक भोगाई 
संगालेर राख्ने त्यहि अनुभूति हो 
जीवन भन्ने नै भोगाई हो। 


७ चैत २०७९, मंगलबार (२१  मार्च २०२३) 
डार्टफोर्ड, बेलायत। 

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ (भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो) – Online Khabar https://www.onlinekhabar.com/2025/07/1713794/doctors...