https://sahityapost.com/aakhyan/short-story-aakhyan/103785/
मेरो श्रीमतीले मलाई आज बिहानै सोधिन्, ‘को हो त्यो तिम्रो हुन नसकेको?’
म अकमक्क परेँ। मैले भनेँ, ‘के भनेको? मैले केही कुरा बुझिनँ नि !’
उनी थप आक्रोशित हुँदै भनिन्, ‘मलाई त्यो कुरा किन नभनेको ?’
म झन् अकमक्क परेँ। कुनै कुरा बुझिनँ मैले।
उनले थप प्रष्ट पारिन्, ‘तिम्रो त्यो लेख देखेको थिएँ मैले। त्यसमा तिमीले कसैलाई तिमी मेरो हुन सकिनौ भन्ने कुरा लेखेका थियौ।’
उनको त्यो कुरा सुनेर म बेस्सरी हाँसे। उनी झन् आक्रोशित भईन्, ‘यस्तो गम्भीर कुरामा पनि तिमी मजाक गर्ने ? मलाई मजाक मन पर्दैन। तिमीले लेखेको कुरा मैले सोधेको मात्र हो।’
मैले उनलाई सोधेँ, ‘तिमीले मेरो त्यो कथा पढेर र बुझेर यो कुरा सोधेको कि शीर्षक देखेर मात्रै यो कुरा भनेको ?’
उनले मलाई झन्डै एक दशक अघि मेरो बिहे हुनु भन्दा पहिले कुनै अनलाइन पत्रिकामा प्रकाशित र मैले फेसबुकमा पोस्ट गरेको मेरो कथाको बारे प्रश्न सोधेको कुरा बुझ्न मलाई गाह्रो परेन। त्यो कथाको शीर्षक ‘तिमी मेरो हुन सकिनौ’ भन्ने भए पनि वास्तवमा विषय वस्तु अर्कै थियो। तिमी भनेर मैले एउटा पाइसकेको जागिर गुमाउँदाको पीडा त्यहाँ पोखेको थिएँ।
मैले यो कुराको विस्तृत विवरण भनेँ र कथा पढेर पनि सुनाएँ। कथाको विषयवस्तु र वास्तविकता थाहा पाए पछि उनी र म दुवै हाँस्यौँ। शायद उनको पनि मन हल्का भयो होला।
उसकाे सामु हाँसे पनि आजकल अरु जस्तै मेरी उनी पनि शीर्षक मात्रै हेरेर आफ्नो धारणा बनाएकोमा मनमनै भने दु:खी भएँ।
No comments:
Post a Comment