Friday, 11 August 2023

कविता: मायाको नियती


अस्ति एउटा सूचना देखें
माया फरार भयो
हिजो एउटा सूचना पढें
माया हाजिर भयो
आज फेरी अर्को सूचना आयो
मायाको आउने र जाने क्रम जारी छ।
यस्तै छ, कसैको जीवनमा
मायाको आउने र जाने क्रम जारी रहन्छ
कसैको जीवनमा
माया स्थायी हुन्छ
कसैको भने
माया दुई दिनको पाहुना हुन्छ।
माया छ त्यसैले आउँछ र जान्छ
माया अटुट छ त्यसैले स्थायी छ
हाम्रो अस्तित्व छ
माया निष्ठुरी पनि छ
कसैको लागि धेरै पर छ
कसैको लागि पाहुना जस्तै छ ।
मायाको रहर जगाउनु
पाप हैन
मायाबाट टाढिनु
कसैको चाहना हैन
आफ्नो मायासँगै संधैं रहनु
यो पो रहेछ असली जिन्दगी।
जीवनमा सोचेर मात्रै माया हुने हैन
प्रयास पनि त गर्नु पर्छ
नचाहेर माया हुँदै हुँदैन
त्यसैले चाहनु पनि पर्यो
संयोग र नियतीको भरमा
हुन सक्छ माया
जानेर वा नजानेर
दुवै किसिमले हुन सक्छ माया
बुझ्दै जाँदा
यस्तै रहेछ माया
यस्तै रहेछ मायाको नियती।

No comments:

Post a Comment

स्वास्थ्य सेवामा सुधारको सन्देश

  https://swasthyakhabar.com/story/58098 विचार/विश्लेषण स्वास्थ्य सेवामा सुधारको सन्देश स्वास्थ्यखबर बुधबार, कात्तिक ७, २०८१   १४:०३ स्वास्थ...