https://www.setopati.com/opinion/381660
घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले?
डा. बच्चु कैलाश कैनी
माघ २५

https://www.setopati.com/opinion/381660

https://www.samakalinsahitya.com/sahitya/details/8684

आजकल मसँग
लेख्ने वा बोल्ने
शब्दहरु हराएका छन्
त्यसैले म चुप छु।
नलेख्नु, नबोल्नु वा मौन रहनु
विचार बिहीन हुनु हैन
आजकल म स्तब्ध छु
म दु:खी छु
त्यसैले, म चुप छु ।
आजकल
सामाजिक संजाल रंगिन छ
रातो, कालो, निलो, सेतो आदि
सबै रंगले पोतिएको छ
सत्य र असत्य छुट्टयाउन
कठिन छ मलाई
त्यसैले, म चुप छु।
मेरो मन अस्थिर छ
भय, राप र तापले
मेरो मन पोलेको छ
आजकल मेरो मन दु:खेको छ
चारैतिर दौडिएको छ
त्यसैले, म चुप छु।
चुप बस्दा पनि
बात लागेको छ
किन मौन बसेको?
प्रश्न उठी रहेको छ।
शब्दहरु सापटी लिएर
केही कोर्न वा बोल्न सक्दिन
किनकी
पछि म सँग सापटी फिर्ता गर्ने
शब्द नहुन सक्छ
त्यसैले म शब्दहरु सापटी लिन्न
अहिले चुप नै बस्छु
मेरो मन र मस्तिष्कलाई
शान्त पार्छु
बोली र लेखाईलाई
ठप्प पार्छु
हो, म अहिले मौन बस्छु
एकान्तमा चुप रहन्छु
र, यसरी नै म बिरोध जनाउँछु।
डार्टफोर्ड, बेलायत
https://www.samakalinsahitya.com/sahitya/details/8693
https://www.samakalinsahitya.com/sahitya/details/8693

मेरो माया, प्रेम र बिछोडको साक्षी
पास र फेलको सहयात्री
कहिले नडग्ने
मेरो इतिहास रच्ने
वर्तमान देख्ने
भविष्यको बारेमा सोच्ने
मनको कुरा
जस्ताको त्यस्तै लेख्ने
मेरो सुख दु:खमा सँगै रहने
कलम तिमी मेरो साथी हौ ।
मेरी 'उनी' लाई मैले सम्झंदा
कलम तिमी मलाई साथ दिन्छौ
मैले केही कुरा भन्नु पर्दा
मेरा भावनाहरु
जस्ताको त्यस्तै
ब्यक्त्त गरी दिन्छौ
उनी समक्ष
मेरा मनका कुराहरु पुर्याई दिन्छौ
मेरो र मेरो 'उनी' बीच
कलम तिमी पुल बनि दिन्छौं।
मेरो हातमा ठक्क अडिएर
मैले सोचेका
मेरा मनका कुराहरु
तिमी लेख्छौ
मेरा भावनाहरुलाई
दुरुस्त अभिब्यक्त्त गर्ने
हरदम साधन बन्यौ कलम तिमी।
मेरो छातीमा सान सँग उभिने
कलम तिमी मेरो गहना हौ
म जहाँ गए पनि
सँधै सँगै रहने तिमी मेरो मित्र हौ
जीवनको हरेक रंगमा
रंग भर्ने
मेरा लागि र सबैका लागि
तिमी एक कलाकार हौ।
मेरो आँसु बग्दा
बियोगका पिडा पोख्ने
म खुसी रहँदा
हाँसोको बिम्ब उतार्ने
तिमी मेरो सुख र दु:खको साथी हौ
हो कलम पक्का तिमी मेरो
भरपर्दो र दिगो साथी हौ
कलम तिमी मेरो संधैको साथी हौ।
डार्टफोर्ड, बेलायत।
https://www.youtube.com/watch?v=B5V1vhr8X5g
https://www.youtube.com/watch?v=B5V1vhr8X5g
गणेशजी संग मेरो वार्तालाप। मौका मिले हेर्नु होला। धन्यवाद।
https://www.youtube.com/watch?v=9a8SFO0WfTc
https://www.youtube.com/watch?v=9a8SFO0WfTc
https://www.onlinekhabar.com/2025/12/1818731/looking-at-nepals-political-parties-from-the-uk
नेपालको माहोल अहिले चुनावमय हुँदैछ। लोकतान्त्रिक पद्धतिमा राजनीतिक दल, निर्वाचन र जननिर्वाचित सरकार विनाको राज्य प्रणाली, समाज र राज्य सबै अपुरो र अधुरो हुन्छ।
निर्वाचन आयोगको तथ्यांक हेर्दा अहिलेसम्म ११९ वटा राजनीतिक दलहरू आयोगमा निर्वाचनका लागि दर्ता भएको देखिन्छ। यो कुनै नौलो विषय भएन। बेलायतबाट देखिने नौलो विषय चाहिं के हो भने नेपालका राजनीतिक दलको नीति बनाउने, दल सञ्चालन गर्ने, सांगठनिक क्षमता र सरकार सञ्चालनको तयारी भने उदेकलाग्दो, अस्पष्ट र अपरिपक्व देखिन्छ।
निर्वाचन प्रक्रियामा राजनीतिक दल बीच प्रतिस्पर्धा हुँदा जनतासामु राजनीतिक दलले नीति र कार्यक्रम, देश वा समाज बनाउने मार्गचित्र, दलको संरचना र सांगठनिक अवस्था, नेतृत्व, पारदर्शिता र जवाफदेहिताका लागि कार्यक्रम प्रस्तुत गर्नुपर्ने हुन्छ।
पहिलो कुरा गरौं राजनीतिक दलको नीति र कार्यक्रमको।
सुसंस्कृत लोकतन्त्रमा राजनीतिक दलहरूको प्रमुख दायित्व भनेकै जनतासामु स्पष्ट नीति, कार्यक्रम र देश विकासको यथार्थवादी मार्गचित्र प्रस्तुत गर्नु हो। कुनै पनि दलले देश बनाउने मार्गचित्रको पहिलो आधार दलको आदर्श वा राजनीतिक दर्शन हो। त्यसैका आधारमा राजनीतिक दलले आफ्नो नीति र कार्यक्रम बनाउँछन्।
बेलायतका प्रमुख सबै राजनीतिक दलहरूले आफ्नो दलको नीति र कार्यक्रम तयार पार्न तोकिएको समयमा हरेक वर्ष अधिवेशन वा ‘एनुयल कन्फरेन्स’ गर्छन्। यी महाधिवेशनमा बेलायती दलहरूले आफ्ना दलका प्रतिनिधि सहित सरोकारवालाहरू समेत सहभागी गराई घनीभूत रूपमा छलफल गर्छन्। तर, नेपालमा राजनीतिक दलले यस्ता कार्यक्रमहरू विरलै रूपमा आयोजना गर्छन्। आयोजना भए पनि औपचारिकतामा मात्र सीमित हुन्छन्। त्यसैले पनि नेपालका राजनीतिक दलका अधिकांश कार्यक्रम फितलो, अव्यावहारिक र लागू गर्न नसकिने खालका छन्।
राजनीतिक दलको देश विकास गर्ने भिजन वा मार्गचित्र पनि त्यत्तिकै महत्वपूर्ण हुन्छ। बेलायतमा प्रमुख दलहरूले प्रत्येक निर्वाचनमा विस्तृत, तथ्यमा आधारित र अनुसन्धानद्वारा तयार पारिएको घोषणापत्र सार्वजनिक गर्छन्। महत्वपूर्ण कुरा के हो भने, यस्ता घोषणापत्रहरूमा दलका नीति र कार्यक्रमहरू लागू गर्नका लागि अनुमानित खर्च रकम र त्यसका लागि स्रोतको पहिचान गरिएको हुन्छ।
तर नेपालमा सबैजसो दलले चुनाव नजिकिंदै गर्दा मात्र हडबडमा तयार गरिएका, अस्पष्ट र प्रचारमुखी घोषणापत्र ल्याउने प्रवृत्ति देखिन्छ। त्यसैले राजनीतिक दलहरू सरकारमा गएपछि आफ्नो बाचा पूरा गर्न नसक्ने अवस्थाले गर्दा हाँसो र घृणाको पात्र बनेका छन्।
यो पुरानो दलमा मात्रै हैन, नेपालका नयाँ राजनीतिक दल हेर्दा नयाँ एजेन्डा, सोच, विचार र आदर्श वा दर्शनमा स्पष्टता देखिंदैन। अहिलेको अवस्थामा केवल कुनै व्यक्त्ति आफू स्थापित हुन वा मौकामा चौका हान्ने वा अवसरका लागि राजनीतिक दल दर्ता गर्ने वा राजनीतिमा आउन खोज्ने धेरै देखिएको छ।
दोस्रो कुरा गरौं, राजनीतिक दलको आफ्नै संरचना र सांगठनिक अवस्थाबारे।
राजनीतिक दलको पहिचान, शक्ति र समग्र अवस्था उसको सांगठनिक संरचनाबाट मापन हुन्छ। बेलायतका दलहरूमा स्थानीय तहदेखि केन्द्रीय तहसम्म स्पष्ट रूपरेखा, सदस्यता नवीकरण, आन्तरिक निर्वाचन, आर्थिक पारदर्शिता र आचारसंहिता कडाइका साथ लागू हुन्छन्। यसले दलभित्र पारदर्शिता, जिम्मेवारी, नेतृत्व विकास र दलको नीतिको निरन्तरता सुनिश्चित गर्छ।
नेपालका धेरै दल अझै पनि व्यक्तिमुखी, कमजोर संगठन, सीमित आन्तरिक लोकतन्त्र र वित्तीय अपारदर्शिताका कारण चुनौतीको सामना गरिरहेका छन्। नेपालमा मुख्य राजनीतिक दलहरूले समेत ठोस कार्यक्रममा आधारित आफ्नो संगठन विस्तार, जनताको समस्या सुनुवाइ गर्ने प्रणाली र आफ्नो वार्षिक कार्ययोजना समेत तयार पार्न र लागू गर्न नसकेको देखिन्छ।
तेस्रो, राजनीतिक दलको नेतृत्वको कुरा एकदम महत्वपूर्ण हो। राजनीतिक दलका नेताले नै देशको नेतृत्व लिएर देश बनाउन ठूलो भूमिका खेलेको हुन्छ।
बेलायतमा हरेक आमनिर्वाचनमा जानुअघि प्रमुख राजनीतिक दलको नेता को हो र यदि कुनै दलले जित्यो भने को प्रधानमन्त्री बन्छ भन्ने कुरा स्पष्ट गरिएको हुन्छ। दलका नेताहरू अर्थात् भविष्यका सम्भावित प्रधानमन्त्रीहरू बीच हुने बहसका आधारमा मतदाताले नेताको हैसियत, गुण र दोष विश्लेषण गर्ने अवसर हुन्छ। नेतृत्व राजनीतिक संगठनको केन्द्र हो।
बेलायतमा पार्टी नेतृत्व प्रतिस्पर्धात्मक निर्वाचनबाट चयन हुन्छ, जसमा दलका सबै सदस्यले मतदान गर्ने अवसर पाउँछन्। यसका साथै, नेतृत्व चयन प्रक्रियामा मतदाताको विश्वास केन्द्रमा रहन्छ। संसदमा नियमित प्रश्नोत्तर, कडा मिडिया परीक्षण र सार्वजनिक जवाफदेहिताले नेतृत्वलाई निरन्तर परीक्षणमा राखेको हुन्छ बेलायतमा।
नेपालमा भने नयाँ र पुराना दलका नेताहरूले अझै पनि स्पष्ट राजनीतिक दर्शन, दीर्घकालीन भिजन र नीति व्यावहारिक रूपमा लागू गर्ने क्षमता देखाउन सकेका छैनन्। पाका र अनुभवी नेताहरू पनि अवसर र लोकप्रियतामुखी राजनीति गर्दै सार्वजनिक जवाफदेहिताबाट टाढा रहन्छन्।
अन्तिम र महत्वपूर्ण कुरा, पारदर्शिता र जवाफदेहिताको हो।
नेपालको राजनीतिक संस्कार सुदृढ बनाउन सबैभन्दा महत्वपूर्ण पक्षहरूमध्ये पारदर्शिता र जवाफदेहिता पर्छन् । बेलायतको राजनीतिक प्रणालीमा दलका आर्थिक स्रोतदेखि नीतिनिर्माण, नेतृत्व छनोट, सरकारी निर्णय र संसदीय गतिविधिसम्म सबै क्षेत्रमा कडाइका साथ पारदर्शिता कायम गरिन्छ, जसले जनविश्वास बढाउनुका साथै सत्ताको दुरुपयोग रोक्न प्रभावकारी भूमिका खेल्छ। संसदमा साप्ताहिक रूपमा हुने प्रश्नोत्तर, शक्तिशाली संसदीय समितिहरू र सार्वजनिक निगरानीका कठोर प्रणालीहरूले नेताहरूलाई निरन्तर उत्तरदायी बनाउँछ।
नेपालमा भने राजनीतिक दलको अर्थ वा स्रोत व्यवस्थापन पारदर्शी छैन। त्यस्तै, निर्णय प्रक्रिया र आन्तरिक कार्यप्रणाली अझै पनि अस्पष्ट देखिन्छ। जसका कारण दलहरूप्रति जनताको विश्वास बढाउने हैन, घटाउने काम गरिरहेको छ।
यदि नेपाली राजनीतिक दलहरूले बेलायतका राजनीतिक दलहरूले जस्तै खुला, पारदर्शी र जवाफदेही अभ्यासलाई लागू गर्न र संस्थागत गर्न सके जनताप्रतिको जवाफदेहिता बढ्नेछ र समग्र लोकतान्त्रिक प्रणाली धेरै प्रभावकारी र विश्वासिलो बन्नेछ।
नेपाल र बेलायतको राजनीतिक अभ्यासको तुलना गर्दा नेपालले सिक्न सक्ने धेरै अभ्यास छन्। बेलायतका दलहरूले लागू गर्ने तथ्यमा आधारित नीतिनिर्माण, आन्तरिक लोकतन्त्र, नेतृत्व चयनको पारदर्शी प्रक्रिया, आर्थिक पारदर्शिता, हरेक कामको कडाभन्दा कडा परीक्षण, अनुगमन र निरीक्षण नेपालमा पनि लागू गर्न सके दलहरूलाई सकारात्मक बाटोमा अघि बढाउन मद्दत पुग्छ। शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र सुरक्षा क्षेत्र आदिका राष्ट्रिय प्राथमिकतामा निरन्तर पुनरावलोकन, आवश्यक सुधार र लागू गर्ने बेलायती राजनीतिको महत्त्वपूर्ण अभ्यास हो, जुन नेपालका राजनीतिक दलहरूले पनि आत्मसात् गर्न सक्छन्।
अहिले नेपाल संघीयतामा अगाडि बढेको छ। यसले नेपालको विकास, शासकीय सुधार र नीति–निर्माणमा नयाँ अवसरहरू सिर्जना गरेको छ। तर राजनीतिक दलहरू सबल, उत्तरदायी र स्पष्ट नभएसम्म संघीय संरचनाले अपेक्षित परिणाम दिन सक्दैन। यदि नेपाली दलहरूले स्पष्ट दर्शन, अनुसन्धानमा आधारित नीति, बलियो सांगठनिक संरचना र पारदर्शी नेतृत्व प्रणाली विकास गर्न सके भने नेपालको राजनीति बढी परिपक्व, स्थिर र जनमुखी बन्न सक्नेछ।
नेपालको लोकतन्त्र निरन्तर अभ्यास र सुधारको यात्रामा अघि बढ्दैछ। आगामी आमनिर्वाचन नेपालका राजनीतिक दलका लागि नयाँ दृष्टिकोण, नयाँ दक्षता र नयाँ उत्तरदायित्व सहित पुनर्गठित गर्ने अवसर पनि हो।
बेलायतको तिखारिएको लोकतान्त्रिक अभ्यास र बेलायती दलहरूको संरचना, कार्य पद्धति र काम–कारबाही नेपालका लागि पनि सिकाइ हुन सक्छ। नेपालका राजनीतिक दलका सकारात्मक सोच, भविष्यमा समृद्धिउन्मुख नीति र कार्यक्रम एवं पारदर्शी कामले नेपालमा सक्षम, नीति केन्द्रित र भरोसा गर्न लायक राजनीति निर्माण गर्न पक्का सहयोग पुर्याउनेछ।
(लेखक बेलायतका पूर्वकाउन्सिलर र संसदीय निर्वाचनमा लेबर पार्टीका तर्फबाट पूर्वउम्मेद्वार हुन्।)

बेलायतमा स्वास्थ्य सेवा व्यवस्थापनमा परामर्शदाता रहेका कैनी प्राध्यापक पनि हुन्।
म चुप छु | डा. बच्चु कैलाश कैनी
डा. बच्चु कैलाश कैनी
आजकल मसँग
लेख्ने वा बोल्ने
शब्दहरु हराएका छन्
त्यसैले म चुप छु।
नलेख्नु, नबोल्नु वा मौन रहनु
विचार बिहीन हुनु हैन
आजकल म स्तब्ध छु
म दु:खी छु
त्यसैले, म चुप छु ।
आजकल
सामाजिक संजाल रंगिन छ
रातो, कालो, निलो, सेतो आदि
सबै रंगले पोतिएको छ
सत्य र असत्य छुट्टयाउन
कठिन छ मलाई
त्यसैले, म चुप छु।
मेरो मन अस्थिर छ
भय, राप र तापले
मेरो मन पोलेको छ
आजकल मेरो मन दु:खेको छ
चारैतिर दौडिएको छ
त्यसैले, म चुप छु।
चुप बस्दा पनि
बात लागेको छ
किन मौन बसेको?
प्रश्न उठी रहेको छ।
शब्दहरु सापटी लिएर
केही कोर्न वा बोल्न सक्दिन
किनकी
पछि म सँग सापटी फिर्ता गर्ने
शब्द नहुन सक्छ
त्यसैले म शब्दहरु सापटी लिन्न
अहिले चुप नै बस्छु
मेरो मन र मस्तिष्कलाई
शान्त पार्छु
बोली र लेखाईलाई
ठप्प पार्छु
हो, म अहिले मौन बस्छु
एकान्तमा चुप रहन्छु
र, यसरी नै म बिरोध जनाउँछु।
डार्टफोर्ड, बेलायत
https://www.setopati.com/opinion/381660 घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले? डा. बच्चु कैलाश कैनी माघ २५ अहिले नेपाल...