Saturday, 28 June 2025

कविता: धान दिवसको शुभ कामना !

 कविता: धान दिवसको शुभ कामना !

- डा  बच्चु कैलाश कैनी












न खेतमा टेकेको छु 

न धान रोपेको छु 

न गोडमेल नै गरेको छु 

न कहिले धान काटेको छु 

न पराल नै बोकेको छु

तरपनि आज सबेरै धान दिवसको 

शुभ कामना पोस्ट गरेको छु।   


आजकल हाम्रो घरमा 

मित्र राष्ट्रबाट आयातित चामल छ 

मलाई थाहा छैन 

चामलको भाऊ कति छ 

मेरा छोरा छोरी लाई थाहा छैन 

धान कसरी फल्छ 

चामल कसरी बन्छ

सबैलाई यति भने थाहा छ 

देशमा चरम गरिबी छ 

हाम्रो खेतबारी बाँझो छ 

म बढी कुरा किन गरुं?

हजुरहरु सबैलाई 

धान दिवसको शुभ कामना छ।   


आइतबार, १५ असार २०८२

(२९ जुन २०२५)

डार्टफोर्ड, बेलायत।  

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?   https://www.onlinekhabar.com/2025/12/1818731/looking-at-nepals-political-parties-from-the-uk नेपालक...