Saturday, 28 June 2025

कविता: धान दिवसको शुभ कामना !

 कविता: धान दिवसको शुभ कामना !

- डा  बच्चु कैलाश कैनी












न खेतमा टेकेको छु 

न धान रोपेको छु 

न गोडमेल नै गरेको छु 

न कहिले धान काटेको छु 

न पराल नै बोकेको छु

तरपनि आज सबेरै धान दिवसको 

शुभ कामना पोस्ट गरेको छु।   


आजकल हाम्रो घरमा 

मित्र राष्ट्रबाट आयातित चामल छ 

मलाई थाहा छैन 

चामलको भाऊ कति छ 

मेरा छोरा छोरी लाई थाहा छैन 

धान कसरी फल्छ 

चामल कसरी बन्छ

सबैलाई यति भने थाहा छ 

देशमा चरम गरिबी छ 

हाम्रो खेतबारी बाँझो छ 

म बढी कुरा किन गरुं?

हजुरहरु सबैलाई 

धान दिवसको शुभ कामना छ।   


आइतबार, १५ असार २०८२

(२९ जुन २०२५)

डार्टफोर्ड, बेलायत।  

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले?

https://www.setopati.com/opinion/381660   घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले? डा. बच्चु कैलाश कैनी माघ २५ अहिले नेपाल...