Saturday, 1 July 2017

बेलायतमा नेपालीमुलका उम्मेदवारलाई सम्मानजनक भोट

बेलायतमा नेपालीमुलका उम्मेदवारलाई सम्मानजनक भोट

बेलायतमा नेपालीमुलका उम्मेदवारलाई सम्मानजनक भोट

शुक्रबार, २६ जेठ २०७४, १५ : २६ |  चिरन शर्मा  |  @Chiran_London

2.7K
लण्डन- बेलायतको संसदीय निर्वाचनमा नेपाली मूलका एकमात्र उम्मेदवार डा. बच्चु कैलाश कैनी पराजित भएका छन्। लेबर पार्टीबाट डार्टफोर्ड क्षेत्रमा उम्मेदवार बनेका कैनीले १८ हजार २४ मत प्राप्त गरे। उनलाई कन्जरभेटिभ पार्टीका  गारेथ जोन्सन्ले ३१ हजार २ सय १० मत ल्याएर पराजित गरेका हुन् । बेलायतको संसदीय इतिहासमा पहिलो पटक नेपाली मूलको उम्मेदवार बन्ने कैनीले आफूले गत आमनिर्वाचन भन्दा ५ हजार बढी मत प्राप्त गरेको भन्दै प्रसन्नता प्रकट गरे। उनले बेलायती निर्वाचनमा आफ्नो पहिलो अनुभव भएको र निर्वाचन तयारीका लागि कम समय भएका कारण सोचेजस्तो नतिजा नआएपछि उत्साहजनक भोट प्राप्त गरेको प्रतिक्रिया दिए।
बेलायतको निर्वाचनलाई यहाँस्थित नेपाली समुदायले निकै चासोका साथ हेरेका थिए । बेलायतको अध्यागमन नीतिमा सत्तारुढ कन्जरभेटिप पार्टीको तुलनामा नरम मानिएको लेवर पार्टीको पछिल्लो परिणामले नेपाली समुदायसमेत उत्साहित भएका छन् । लेवर पार्टीले युवालाई बेलायती राजनीतिमा आर्कषण गर्न सकेको र लेवर पार्टीको समता मुलक समाज निर्माणको अभियानलाई जनताले अनुमोदन गरेको उनले बताए।
उनले भने ‘निर्वाचनमा मूलधारे मिडियाले लेवर नेता जेरमी कोर्विनलाई नकरात्मक रुपमा प्रस्तुत गरेता पनि उनको जनतासँगको सम्बन्धको दारिलो सम्बन्ध रहेको प्रमाणित गरेको छ।’
बहुमतको सरकारको नेतृत्व गरिरहेकी प्रधानमन्त्री मेलाई निर्वाचन परिणामपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले समेत व्यङ्ग्य हानेका छन् । चर्चित फुटवल ग्यारी लिंकरले वर्षकै उत्कृष्ट आत्मघाती गोल भनेका छन् । गैरआवासीय नेपाली संघका नेता जीवा लामिछानेले टुइटरमार्फत चोक्टा खान गएकी बुढी झोलमा डुबेको नेपाली उखान जस्तै भन्दै प्रधानमन्त्री मेमाथि व्याङग्य गरेका छन्।
नेपालीहरुको जनघनत्व बढी रहेको फेलथाम, साउथल, वेम्वी, अल्डरशट क्षेत्रमा लेवर पार्टीले जीत हासिल गरेको छ।

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

बेलायत पुगेर चुनाव जितेका कैनीका कुराः किन गुमाउँदैछ नेपालले युवाशक्ती ?

  बेलायत पुगेर चुनाव जितेका कैनीका कुराः किन गुमाउँदैछ नेपालले युवाशक्ती ? Dr. Bachchu Kailash Kaini बेलायत पुगेर चुनाव जितेका कैनीका कुराः ...