Saturday, 24 February 2018

देश विकासको आधार: सबल र सक्षम नेतृत्व

-    डा. बच्चु कैलाश कैनी

कुनै पनि देश विकासको लागि धेरै कुराहरुको जरुरत पर्दछ देशमा भएका श्रोत साधनको सही उपयोग, राजनीतिक स्थायित्व,  सुशासन, सबल सक्षम नेतृत्व आदि इत्यादी तर देशमा जे जस्तो श्रोत साधन भए पनि कुनै पनि देशमा सबल सक्षम नेतृत्व भएन भने सबैतिर लथालिङ्ग भताभुङ्ग हुन्छ देश विकासको मुख्य आधार त्यो देश वा राज्य हाक्ने व्यक्ति कतिको सक्षम   सबल भन्ने कुरामा भर पर्दछ

राजनीतिको मुख्य आधार राजनीतिक सिद्धान्त बिचार हो राजनीतिक दल भनेको कुनै एउटा आदर्श, बिचार वा सिद्धान्तमा विस्वास राख्नेहरुले खडा गर्ने संगठन हो   राजनीतिक  संगठन एउटा निश्चित पद्धतिमा चल्छ त्यसको खास सांगठानिक संरचना समेत हुन्छ कुनै पनि दलमा राजनीतिक पद्धति बसाउने सांगठानिक संरचना बनाउने भनेको राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले हो

राजनीतिक दल चलाउनु भनेको दलको सिद्धान्त, आदर्श विचार अनुसार संगठन चलाउनु, संगठनको बिस्तार गर्नु कार्यकर्ताको परिचालन गर्नु हो यो एउटा सिमित घेरा भित्र चल्छ यो बिचारले एकातर्फी हुन्छ एउटा धारको प्रतिनिधित्व गरेको हुन्छ राजनीतिक दल संगठनको हिसाबले कार्यकर्तामुखी हुन्छ यसको आर्थिक श्रोत साधन पनि निकै सिमित हुन्छ यसको मुख्य काम आफ्नो राजनीतिक बिचारलाई हुर्काउनु, बढाउनु सत्ता वा आफ्नो सरकार मार्फत कार्यान्यवन गर्नु हो राजनीतिक दलको नेतृत्व जे जसरी चुनिएको भए पनि दलको नेतृत्व आफ्ना कार्यकर्ता प्रति उत्तरदायित्व हुनु पर्छ तर, देशको नेतृत्व लिने व्यक्ति सबै प्रति उत्तरदायी हुनु आवश्यक

राजनीतिक दलको नेतृत्व गर्नु देश वा राज्य चलाउनु भनेको एउटै कुरा हैन राजनीतिक दल चलाउन सफल हुँदैमा सत्ता, राज्य वा सरकार चलाउन पनि सफल, सक्षम  सबल हुन्छ भन्ने केही पनि छैन यो कुरा नेपाली राजनीतिले पनि प्रमाणित गरेको नेपालमा एकदमै ठूला ठूला राजनीतिक परिवर्तनहरु भए बहुदल आयो, राजतन्त्र गयो, गणतन्त्र आयो, संघिय समावेशी नेपाल बन्यो यी सबै कुरामा नेपालका राजनीतिक दलका नेतृत्व सफल भए तर, देश चलाउन वा देशको विकास गर्न आर्थिक सम्वृद्धिको लागि भने सबै असफल भएका छन्  

जो मानिस निहीत पार्टीगत स्वार्थ, ब्यक्तीगत लाभ वा क्षेत्रीय विकासको लागि मात्रै काम गर्छ त्यो व्यक्ति सरकार चलाउन योग्य हुँदैन यो कुरामा नेपाली राजनीति धेरै चुकेको नेपालका राजनीतिक दलमा आफ्नो क्षेत्र, आफ्नो गुट, आफ्नो नेता आफ्ना कार्यकर्ताको स्वार्थको लागि मात्रै काम गरेर योग्य हुने, नेतृत्व पड्काउने सफल हुने नै राज्य वा सत्ता चलाउने अवसर पाएका छन् त्यसैले नेपालको स्थिति  विकास निर्माण, आर्थिक सम्वृद्धि सामाजिक न्यायको क्षेत्रमा निकै दयालाग्दो त्यसको मूल कारण कमजोर राजनीतिक नेतृत्व र  राजनीति तथा सत्ता संचालनमा नातावाद, चाकदीवाद, आफ्नो क्षेत्र र गुटलाई हरेक जसो कुराहरुमा प्रश्रय दिएकोले हो

यो पक्का हो, राजनीतिक दलको सिद्धान्त र बिचार अनुसार देश चल्छ तर, देश जुन किसिमले चल्छ र चलाउनु पर्दछ त्यो राजनीतिक दल चलाउनु भन्दा निकै फरक र चुनौतीपूर्ण छ देश चलाउन धेरै फराकिलो मन, निस्वार्थ भावना र दुरदृष्टी जरुरी हुन्छ अहिलेको एक्काईसौं शताब्दीमा अन्तरराष्ट्रिय परिवेश बुझ्ने, विकास निर्माण र आर्थिक सम्वृद्धिको मुद्धालाई गम्भीर रुपमा बुझ्ने र लिने, हरेक क्षेत्रको समस्यालाई ध्यान दिने, सरकारी संयन्त्रलाई राम्रोसंग परिचालन गर्ने र आफ्नो राजनीतिक सिद्धान्त र बिचारलाई ब्यबहारिक रुपमा ढाल्ने र कार्यान्यवन गर्ने व्यक्तिले मात्रै देश, राज्य वा सरकार राम्रो संग चलाउन सक्छ यो कुरा केन्द्रिय, संघिय वा प्रादेशिक सरकारको लागि मात्रै हैन स्थानिय सरकारमा पनि उत्तिकै लागू हुन्छ

नेपालमा हरेक राजनीतिक दलका नेताहरु आफ्नो राजनीतिक दलको नेतृत्व लिन र सरकार दुवै एकै व्यक्तिले चलाउने लोभ गर्छन यो सर्वथा गलत छ कुनै कुनै एकाध व्यक्ति हुन सक्छन जसमा आफ्नो राजनीतिक दलको नेतृत्व गर्न र सरकार चलाउन आवश्यक सबै गुण, योग्यता, दक्षता र क्षमता  भएको हुन सक्छ नेपालका हरेक राजनीतिक दलले त्यस्ता व्यक्तिलाई मात्रै सरकारमा वा सत्तामा पठाउनु पर्छ जसले सरकारलाई कुशल, सबल र सक्षम नेतृत्व दिन सक्छ जसले विकास निर्माण र आर्थिक सम्वृद्धिको मुद्धालाई गम्भीर रुपमा बुझेको हुन्छ यो अर्थमा के बुझ्न जरुरी छ भने कोही कार्यकर्ता परिचालन गरेर वा राजनीतिक दलको संगठन चलाएर सफल नेता बनेकोछ भन्दैमा उ सत्ता वा सरकार चलाउन पनि सफल हुन्छ भन्ने छैन

हरेक राजनीतिक दलले केन्द्रिय, संघिय, प्रान्तीय स्थानिय सरकारमा जाने आफ्ना कार्यकर्ता नेतालाई सरकार वा सत्ता चलाउन तालिम प्रशिक्षण दिनु जरुरी हरेक दलमा सरकारमा जानेहरुको लागि कठोर आचारसंहिता बनाएर लागु गर्नु त्यसको अनुगमन तथा मुल्यांकन गर्नु पनि जरुरी त्यसरी नै भ्रष्टाचार निवारण गर्न रोक्न, सुशासनको लागि जनताको हरेक समस्या समाधान गर्नको लागि प्रभावकारी रुपमा काम गर्न चाहिने सीप, दक्षता, ज्ञान योग्यता बढाउने कार्यक्रम राजनीतिक दलले र सरकारी निकायले चलाउनु देश विकासको लागि निकै सहयोगी हुनेछ

कुनै पनि तहको नेतृत्वले काम गर्न नसक्नु भनेको देश, राज्य, प्रान्त वा स्थानिय निकायहरु धेरै पछाडी धकेलिनु हो राजनीतिक दलको साख गिर्नु हो जनताले दुख पाउनु हो भावी सन्ततिले धिकार्नु हो देशको श्रोत साधन खेर जानु हो अन्तरराष्ट्रियजगतमा नेपालको प्रतिष्ठा घट्नु हो यो कसैको हितमा पनि छैन, नेता, कार्यकर्ता वा सर्वसाधारण जनता

सामान्य रुपमा हेर्दा नेतृत्वका सिद्धान्तहरु सबैलाई लागु हुने गरी बनेका झट्ट हेर्दा एकै किसिमका हुन्छन तर, हरेक संगठन, निकाय सरकारी अंग चलाउनका लागि फरक फरक सीप, गुण, दक्षता, अनुभव ज्ञानको आवश्यकता पर्छ त्यसैले जो जे कुरामा योग्य दक्ष उसलाई त्यही किसिमको जिम्मेवारी दिनु पर्छ दलको नेतृत्व लिने   सरकार वा सत्ता संचालन गर्ने छुट्टा छुट्टै कार्यकर्ता तथा नेताहरुको पहिचान गरी उनीहरुलाई दक्ष बनाई दल वा सरकार मध्ये कुनै एकको जिम्मा दिनु उचित हुन्छ तब मात्रै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुले नेपालको आर्थिक विकास सम्वृद्धिको लागि केही गर्न सक्छन नेपाल विकासको गतिमा अघि बढ्न सक्छहैन भने नेपालको संबिधानमा परिकल्पना गरिएको लोकतान्त्रिक समाजवाद, संघियता समावेसीता मार्फत सम्बृद्ध नयाँ नेपाल निर्माण गर्ने परिकल्पना केवल कागजमा मात्रै सिमित रहनेछ


(लेखक क्वीन एलिजाबेथ अस्पताल लण्डनमा बरिष्ठ ब्यबस्थापक, डार्टफोर्ड काउन्सिलको काउन्सिलर, एनआरएन यूकेको सल्लाहकार छन् ।)

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

बेलायत पुगेर चुनाव जितेका कैनीका कुराः किन गुमाउँदैछ नेपालले युवाशक्ती ?

  बेलायत पुगेर चुनाव जितेका कैनीका कुराः किन गुमाउँदैछ नेपालले युवाशक्ती ? Dr. Bachchu Kailash Kaini बेलायत पुगेर चुनाव जितेका कैनीका कुराः ...