http://www.nepalipatra.com/news/story-by-dr-kaini/15595
http://wenepali.com/2019/02/60625.html
लघुकथा: पागलपन
- डा. बच्चु
कैलाश कैनी
राजेश र ममताको बिचमा
एक्कासी फाटो आएको खुब हल्ला चल्यो । ममताले उसका सबै
साथीहरुलाई भनिछ, 'राजेश
पागल हो । आजकल उ
मलाई अति नै गर्छ ।
त्यसैले अहिले म उ संगको
यो सम्बन्धबाट टाढा
हुँदैछु र नयाँ प्रकारले जीवन बाँच्ने
सोचेको छु ।'
म छक्क परें
। मेरो लागि
ममता र राजेश दुवै उत्तिकै
मिल्ने साथीहरु हुन्
। मलाई लाग्थ्यो
दुबैको अतित र बर्तमानको म एक्लो साक्षी थिएँ
र हुँ पनि । हामी
तिनै जना स्कुल
जीवनदेखि कलेजको उत्तरार्ध
अर्थात मास्टर्स पढ्दासम्म
संगै छौ ।
हामी तिनै जना
मिल्ने साथी भएपनि
राजेश र ममता अलि फरक
थिए । उनीहरु
एकार्कोलाई मन पराउँथें
। अर्थात,
ब्वाईफ्रेन्ड र गर्लफ्रेन्डको
रुपमा एक अर्कोलाई
हेर्थे, बुझ्थे र
त्यस्तै ब्यबहार पनि
गर्थे । यो कुरा
हाम्रो समुहमा लुकेको
थिएन ।
यी दुईको माया
प्रिती धेरै जनाको
लागि उदाहरण थियो
। एकार्कोलाई माया
गर्थे र सबै कुरामा सहयोग
गर्थे । उनीहरु
बीच अगाध माया,
प्रेम र बिस्वास थियो । एक अर्काको
भावनाको कदर गर्थे
र एक आपसमा
आदर पनि । दुईको बिचमा
कुनै कुरा लुक्दैनथ्यो
। कतिसम्म भने
एक अर्कोको मोबाइल
निर्वाध हेर्थे र
चलाउँथे ।
मैले राजेशलाई सम्पर्क गरें
। उसले कुनै
प्रतिक्रिया दिएन ।
केवल यति भन्यो,
'जे सोध्नु छ उसैलाई
सोध्नु ।'
अनि ममतालाई पनि सम्पर्क
गरें, उसले पनि
मलाई त्यही कुरा
गरी, जुन अरु साथीहरुलाई सुनाएकी थिई
। यी दुई बाट कुरा
बुझ्ने प्रयत्न सफल
भएन । किनकी यी
दुवै जनाबाट केही
कुरा खुस्केन ।
म छक्क परें
। किन यस्तो
भयो ? यी दुईको
बिचमा किन यस्तो
खाडल भयो? थप कुरा बुझ्ने
जमर्को गरें । मैले हाम्रै
समूहका अरु मित्रहरुलाई
पनि सम्पर्क गरें
। सबैबाट उस्तै
कुरा आयो । आजकल यी
दुईको बीच फाटो
आएकोछ ।
मलाई नरमाइलो लाग्यो ।
मेरो मनमा धेरै
कुराहरु खेले । मैले सोचें,
यो भाग्यको खेल
हो । लेखेको
मात्रै हुन्छ, देखेको
हुँदैन । हुन सक्छ, जे
हुन्छ ठिकै हुन्छ
। आदी, इत्यादी
कुराहरु
खेले । मनमनै दुबैलाई सान्त्वना दिएं
।
करिव एक हप्ता
पछिको कुरा हो । मेरो
घरमा एउटा खाम
आएको रहेछ । हतारमा खोलें
र पढें । ममता र
राजेशको विवाहको निमन्त्रणा
कार्ड आएको रहेछ
।
पहिला ममतालाई फोन गरें
। उसले भनि,
' बेवकुफ! मैले साथीहरुलाई
जे भनेको थिएँ,
ठिकै भनेको थिएँ
। राजेश र म एक अर्कोको
मायामा अति नै पागल भयौ
। त्यसैले हामी
दुबैले नयाँ प्रकारले
जीवन बाँच्ने सोच्यौं । हाम्रो
सम्बन्धलाई थप उचाई
दिने सोचेर हामी
प्रेमी प्रेमिकाबाट जीवन
साथी बन्दैछौ । अनि हाम्रो
विवाहको तयारीको लागि एक एर्कोलाई समय दिने मौका कहाँ मिल्यो र ? ‘
राजेशलाई फोन गरें ।
उसले भन्यो, ' मित्र, सस्पेन्समा त छ मज्जा ।' म
दिल खोलेर हाँसे
।
उफ म पनि
! बल्ल यी दुईको
पागलपनलाई बुझें । म
पनि यिनीहरुको चिन्ताले
झन्डै पागल भएको
। पागलपनमा कुरा
बुझे पनि पागल,
नबुझे पनि पागल
। राजेश र ममता दुबैलाई बधाई र शुभकामना
।
No comments:
Post a Comment