Wednesday, 20 February 2019

लघुकथा: 'पागलपन'



http://www.nepalipatra.com/news/story-by-dr-kaini/15595

http://wenepali.com/2019/02/60625.html

लघुकथा: पागलपन
-    डा. बच्चु कैलाश कैनी

राजेश र ममताको बिचमा एक्कासी फाटो आएको खुब हल्ला चल्यो । ममताले उसका सबै साथीहरुलाई भनिछ, 'राजेश पागल हो । आजकल उ मलाई अति नै गर्छ । त्यसैले अहिले म उ संगको यो सम्बन्धबाट टाढा हुँदैछु र नयाँ प्रकारले जीवन बाँच्ने सोचेको छु  ।'

म छक्क परें । मेरो लागि ममता र राजेश दुवै उत्तिकै मिल्ने साथीहरु हुन् । मलाई लाग्थ्यो दुबैको अतित र बर्तमानको म एक्लो साक्षी थिएँ र हुँ पनि । हामी तिनै जना स्कुल जीवनदेखि कलेजको उत्तरार्ध अर्थात मास्टर्स पढ्दासम्म संगै छौ ।

हामी तिनै जना मिल्ने साथी भएपनि राजेश र ममता अलि फरक थिए । उनीहरु एकार्कोलाई मन पराउँथें ।  अर्थात, ब्वाईफ्रेन्ड र गर्लफ्रेन्डको रुपमा एक अर्कोलाई हेर्थे, बुझ्थे र त्यस्तै ब्यबहार पनि गर्थे ।  यो कुरा हाम्रो समुहमा लुकेको थिएन ।

यी दुईको माया प्रिती धेरै जनाको लागि उदाहरण थियो । एकार्कोलाई माया गर्थे र सबै कुरामा सहयोग गर्थे । उनीहरु बीच अगाध माया, प्रेम र  बिस्वास थियो । एक अर्काको भावनाको कदर गर्थे र एक आपसमा आदर पनि । दुईको बिचमा कुनै कुरा लुक्दैनथ्यो । कतिसम्म भने एक अर्कोको मोबाइल निर्वाध हेर्थे र चलाउँथे ।

मैले राजेशलाई सम्पर्क गरें । उसले कुनै प्रतिक्रिया दिएन । केवल यति भन्यो, 'जे सोध्नु  छ उसैलाई सोध्नु ।'

अनि ममतालाई पनि सम्पर्क गरें, उसले पनि मलाई त्यही कुरा गरी, जुन अरु साथीहरुलाई सुनाएकी थिई । यी दुई बाट कुरा बुझ्ने प्रयत्न सफल भएन ।  किनकी यी दुवै जनाबाट केही कुरा खुस्केन ।

म छक्क परें । किन यस्तो भयो ? यी दुईको बिचमा किन यस्तो खाडल भयो? थप कुरा बुझ्ने जमर्को गरें । मैले हाम्रै समूहका अरु मित्रहरुलाई पनि सम्पर्क गरें । सबैबाट उस्तै कुरा आयो । आजकल यी दुईको बीच फाटो आएकोछ ।

मलाई नरमाइलो लाग्यो । मेरो मनमा धेरै कुराहरु खेले । मैले सोचें, यो भाग्यको खेल हो । लेखेको मात्रै हुन्छ, देखेको हुँदैन । हुन सक्छ, जे हुन्छ ठिकै हुन्छ । आदी, इत्यादी  कुराहरु खेले । मनमनै दुबैलाई सान्त्वना दिएं ।

करिव एक हप्ता पछिको कुरा हो । मेरो घरमा एउटा खाम आएको रहेछ । हतारमा खोलें र पढें । ममता र राजेशको विवाहको निमन्त्रणा कार्ड आएको रहेछ ।

पहिला ममतालाई फोन गरें । उसले भनि, ' बेवकुफ! मैले साथीहरुलाई जे भनेको थिएँ, ठिकै भनेको थिएँ । राजेश र म एक अर्कोको मायामा अति नै पागल भयौ । त्यसैले हामी दुबैले नयाँ प्रकारले जीवन बाँच्ने  सोच्यौं । हाम्रो सम्बन्धलाई थप उचाई दिने सोचेर हामी प्रेमी प्रेमिकाबाट जीवन साथी बन्दैछौ । अनि हाम्रो विवाहको तयारीको लागि एक एर्कोलाई समय दिने मौका कहाँ मिल्यो र ? ‘

राजेशलाई फोन गरें । उसले भन्यो, ' मित्र, सस्पेन्समा त छ मज्जा ।'  म दिल खोलेर हाँसे ।


उफ म पनि ! बल्ल यी दुईको पागलपनलाई बुझें ।  म पनि यिनीहरुको चिन्ताले झन्डै पागल भएको । पागलपनमा कुरा बुझे पनि पागल, नबुझे पनि पागल । राजेश र ममता दुबैलाई बधाई र शुभकामना ।

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले?

https://www.setopati.com/opinion/381660   घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले? डा. बच्चु कैलाश कैनी माघ २५ अहिले नेपाल...