Monday, 30 September 2019

दशैं

दशैं
तिमी पक्का नेपाली हौ
नेपाली मनको खास पर्व हौ
मौलिकताको अनुपम उदाहरण हौ
नेपालीको पहिचान हौ
सबैको सुख सम्वृद्धिको आशा हौ
दशैँ तिमी हामी सबैको साझा हौ
दशैं तिमी धर्म हौ
हाम्रो संस्कृती हौ
हाम्रो महान पर्व हौ
सबैको लागि गर्व हौ ।
ठूला बडाको आशिर्वाद लिने
आफन्त सबैलाई भेट गराउने
साना ठूला सबैलाई मानमर्यादा गर्ने
सबैको मनमा उमंग जगाउने
सुख दुख जे भएपनि खुसी मनाउने
टिकाले निधार सजाउने
जमाराले शोभायमान बनाउने
सबैलाई उत्तिकै हर्ष उल्लास दिने
दशैँ तिमी सबैको उत्तिकै प्यारो छौ ।
मठ मन्दिर गयो तिमी भेट हुन्छौ
बाटोघाटो, सडक र राजमार्गमा तिमी देखिन्छौ
सुनसान गाउँ घरमा पनि तिमी नै हुन्छौ
शहर बजारको के कुरा गर्नु
एक महिना अघि नै तिमी झुल्किन्छौ
जता गयो, जहाँ गयो
दशैं तिमी उतै भेटिंछौ ।
कसैको लागि नयाँ लुगा बनेर
कसैको लागि उपहार बनेर
कसैको लागि आशिर्वाद बनेर
कसैको लागि टिका र जमरा बनेर
कसैको लागि लिङ्गे पिङ्गको अनुभूती बनेर
कसैको लागि परदेशबाट स्वदेशको यात्रा बनेर
दशैँ तिमी आफ्नो पहिचान देखाउँछौ ।
दशैं आउने र जाने मात्र हैन
हर्ष र उमंगको सम्झना पनि हो
आफ्नोपनको अनुभूति पनि हो
दशैँ तपाई हामी सबैको पर्व पनि हो ।
– डा बच्चु कैलाश कैनी
१२ असोज २०७६ (२९ सेप्टेम्बर २०१९)
डार्टफोर्ड, बेलायत ।

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ (भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो) – Online Khabar https://www.onlinekhabar.com/2025/07/1713794/doctors...