Saturday, 12 October 2019

गजल

गजल

मेरो खबर तिम्ले अझै पाको छ कि छैन
कहीं कतै मेरो याद आको छ कि छैन ।

भोक निन्द्रा केही छैन तिम्रै याद आउँछ
थाहा छैन तिम्ले केही खाको छ कि छैन ।

बिरानो भो त्यो चौतारी त्यो गाउँ घर
हामी जाने मन्दिर धाको छ कि छैन ।

सम्झेको कि बिर्सेको हो खबर केही छैन
तिमीलाई मेरो माया लाको छ कि छैन ।

मेरो यादमा प्रेम गीत गाको छ कि छैन
कहीं कतै मेरो याद आको छ कि छैन ।

- डा बच्चु कैलाश कैनी
2५ असोज  २०७६ (१२ अक्टोबर २०१९)
डार्टफोर्ड, बेलायत ।

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

म चुप छु

https://www.samakalinsahitya.com/sahitya/details/8684   म चुप छु   कविता   डा. बच्चु कैलाश कैनी   November 12, 2025, 2:50 pm   डा. बच्चु कैल...