Friday, 12 June 2020

गजल

गजल
डा. बच्चु कैलाश कैनी

माया गर्नु थियो भने सराप किन
आफैं हिड्ने बाटोमा धराप किन?

मुखमा रामराम बगलीमा छुरा जस्तै
पछाडी चुप तर अगाडी धाप किन?

तर्साउनको लागि हतियार चाहिंदैन
खुकुरी वा चक्कु बिना दाप किन?

नजाने गाउँको बाटो सोध्नु पर्दैन
वास्ता समेत नगर्नेले नाप किन?

गन्तव्यमा पुग्न अलमल गर्नु हुँदैन
सजिलो बाटो हुँदाहुँदै काप किन?

३०  जेठ २०७७ (१२ जुन २०२०)
डार्टफोर्ड, बेलायत।
..............................................................

1 comment:

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ (भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो) – Online Khabar https://www.onlinekhabar.com/2025/07/1713794/doctors...