Thursday, 11 June 2020

गीत : धेरै मन्दिर धाएकोछु

गीत : धेरै मन्दिर धाएकोछु

~डा बच्चु कैलाश कैनी~
तिमीलाई पाउन मैले धेरै मन्दिर धाएकोछु
बदलामा मैले यहाँ तिमीलाई पाएको छु ।
सुख दुख आउँछन् जान्छन सबै भोग्नु पर्छ
तिमी मेरी मनको देवता मैले ढोग्नु पर्छ ।
सोचे जस्तो खोजे जस्तो सधैं हुन्न दिन
तिम्रै काखमा बसी रहुँ लाग्छ किन किन ।
बाँकी जीवन तिम्रै लागि तिमी मेरो माया
तिम्रै वरीपरी सधैं घुम्छु म हुँ तिम्रै छायाँ ।
तिम्रो साथले मनको सबै डर भागेकोछ
मायाको भोक र प्यास अझै जागेकोछ ।
भाग्यमानी रहेछु म मायाले तृप्त भएँ
मान यो जुनी तिम्रै मायामा लिप्त भएँ ।
१२ फागुन २०७६, सोमबार (२४ फरवरी २०२०)
डार्टफोर्ड, बेलायत ।

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?   https://www.onlinekhabar.com/2025/12/1818731/looking-at-nepals-political-parties-from-the-uk नेपालक...