Monday, 13 July 2020

गजल

गजल
 - डा. बच्चु कैलाश कैनी

सारा जनताको लागि खुसी उपहार खै?
आफ्नै हावा पानी सुहाउँदो बिचार खै?

खाना लाउन नपाई पिल्सेका छन् कति
दु: गर्ने गरीब जनताको उपकार खै?

भाषणले मात्रै शासन चल्न सक्दैन नि!
अर्को पटक चुनाव जित्ने आधार खै?

सबैतिर भ्रष्टाचारीको हाली मुहाली
जनताले खोजेको जस्तो सदाचार खै?

बाँच्न हाँस्न पाउने सबैको अधिकार हो
जनताको आफ्नै रमाईलो संसार खै?

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

म चुप छु

https://www.samakalinsahitya.com/sahitya/details/8684   म चुप छु   कविता   डा. बच्चु कैलाश कैनी   November 12, 2025, 2:50 pm   डा. बच्चु कैल...