Wednesday, 26 May 2021

गजल

गजल 











उकालो चढे पछि झर्ने चर्चा नगर 
संघर्ष गर्नु पर्दैमा  मर्ने चर्चा नगर। 

सुन्दर फूल आफ्नो खोल्तिमा राखेर 
बिज्ने काँडा बाटोमा छर्ने चर्चा नगर। 

दु:ख र सुख दुवै स्वीकार गर्नु पर्छ 
रात तिम्रै हो निन्द्रा हर्ने चर्चा नगर। 

संधै आफूले चिताएको कहाँ पुग्छ 
बेकार मनमा चिन्ता भर्ने चर्चा नगर। 

तिमी जस्तै अर्को कोही नहुँदैमा 
अरुसंग मनमुटाव गर्ने चर्चा नगर। 

-डा. बच्चु कैलाश कैनी 
१३ जेठ २०७८, विहीबार (२७ मे २०२१)
ललितपुर, नेपाल।   


No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?   https://www.onlinekhabar.com/2025/12/1818731/looking-at-nepals-political-parties-from-the-uk नेपालक...