Tuesday, 17 August 2021

गज़ल

- डा बच्चु कैलाश कैनी 










जिन्दगी हो यहाँ जे हुन पनि सक्छ
मानिसले चाहे जुन छुन पनि सक्छ ।

सत्य र असत्यको फरक छैन यहाँ  
पैसा हुनेले पाप धुन पनि सक्छ ।

आफ्नै मान्छेको भर छैन कसैलाई 
आज हाँस्ने भोलि रुन पनि सक्छ ।

अरुको देखासिकी गरेर मात्रै हुँदैन 
भाग्य हुनेले गोरु दुहुन पनि सक्छ ।

आशाको किरण बाँकी हुँदाहुँदै पनि 
सबैको लागि भोलि नहुन पनि सक्छ ।



No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

म चुप छु

https://www.samakalinsahitya.com/sahitya/details/8684   म चुप छु   कविता   डा. बच्चु कैलाश कैनी   November 12, 2025, 2:50 pm   डा. बच्चु कैल...