Monday, 30 August 2021

कविता: आजकल 'म'

 आजकल 'म' 

डा. बच्चु कैलाश कैनी 

(August 30, 2021, 9:01)


डा. बच्चु कैलाश कैनी
डा. बच्चु कैलाश कैनी

मेरो मन शुन्यतामा हरायो
त्यसैले मसंग कुनै सोच छैन
मेरो शब्द आवाज विहिन भयो
त्यसैले मसंग कुनै गुनासो छैन
मेरो सपनाहरु नदेखी बिलिन भए
त्यसैले मसंग कुनै महत्वाकांक्षा छैन
मेरो गन्तब्य बीच बाटैमा टुट्यो
त्यसैले मसंग कुनै बाटो छैन।

सोचहरु आए र गए
मलाई एक्लै बनाए
आवाजहरु गुन्जिए र हराए
मलाई एक्लै बनाए
सपनाहरु देखिए र बिर्सेए
मलाई एक्लै बनाए
गन्तव्यहरु तोकिए र बिलाए
मलाई एक्लै बनाए ।

त्यसैले आजकल
मसंग केवल 'म' छु
नितान्त 'म' भित्रको 'म'
मेरो जीवन भित्रको 'म'
मेरो सोच भित्रको 'म'
मेरो आफ्नै 'म'
अरु भन्दा नितान्त बेग्लै 'म'।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।

https://www.samakalinsahitya.com/sahitya/details/7364

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ (भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो) – Online Khabar https://www.onlinekhabar.com/2025/07/1713794/doctors...