Thursday, 3 February 2022

कविता: खबरदारी


डा. बच्चु कैलाश कैनी 

















छन् यहाँ धेरै नितीहरु 
छैनन् त्यति उपलब्धीहरु 
छन् यहाँ धेरै नेताहरु 
छैनन् राजनेताहरु 
छन् यहाँ धेरै भजन मण्डलीहरु  
छैनन् यहाँ सच्चा कर्मठ कार्यकर्ताहरु। 

यहाँ निती हैन नेता जान्नेहरु छन् धेरै 
काम हैन कुरा गर्नेहरु छन् धेरै 
विकास हैन बिनास गर्नेहरु छन् धेरै 
सहकार्य हैन कुकार्य गर्नेहरु छन् धेरै 
मेहेनत हैन चाकडी गर्नेहरु छन् धेरै 
यस्तै यस्तै छन् धेरै कुराहरु 
लेख्नु र बोल्नु पर्ने कुराहरु 
बेथिती र बेइमानका कुराहरु ।  
 
भजन मण्डलीहरु 
आफ्नै मण्डलको गुनगान गाउँछन्  
अरु हैन आसेपासे मात्रै देख्छन 
राजनिती गर्नेहरु 
केवल भोटको राजनीति गर्छन 
आफ्नो स्वार्थ मात्रै वरपर राख्छन 
जनताहरु आफ्नैलाई भोट दिन्छन 
अनि राम्रो कामको आस राख्छन। 

आउने र जाने परिवर्तनको नियम हो 
यो कहाँ उपलब्धी हो ?
थोरै विकास क्रमिक हुने कुरा हो 
यो कुन नितीको उपलब्धी हो ?
सामान्य बोल्ने र लेख्ने सबैले जानेको कुरा हो 
यो कहाँको दर्शन हो ? 

बेथिति र बेइमानका बारेमा बोल्दा बोल्दै 
कहिलेकहीं थाक्छन  स्वरहरु 
यस्तै कुराहरु लेख्दा लेख्दै 
कहिलेकहीं सुक्छन मसिहरु 
खवरदारीको यात्रा 
निरन्तर जारी गर्नु पर्छ 
बेथिती र बेइमानहरुको कथा 
संधै उदाङ्ग पार्नु पर्छ । 

कुनै दिन पंचायती ब्यबस्था ढल्यो
कसैले नसोचेको राजतन्त्र पनि ढल्यो 
हामीमा चेतनाको आगो दंकदैछ 
सबैलाई लाग्दैछ
अब त अति नै भयो 
बेइमानहरुको शासनले 
बेथितीको पहाडहरु खडा भए 
अतिले खति निम्त्याउने पक्का छ 
अब ढल्ने पालो लुटतन्त्रको हो 
एक दिन सबै जाग्ने छन् 
सबै बेइमान र लुटेराहरु भाग्ने छन् 
र, सबैले विकास र सम्वृद्धिको अनुभव गर्नेछन। 

डा बच्चु कैलाश कैनी 
शुक्रबार, २१ माघ २०७८ (४ फेब्रुवरी २०२२) 
ललितपुर, नेपाल।

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ (भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो) – Online Khabar https://www.onlinekhabar.com/2025/07/1713794/doctors...