Saturday, 2 April 2022

कविता: आस्था


- डा बच्चु कैलाश कैनी 


मनमा कोरिएका 
आस्थाका रंगहरु 
स्वतस्फुर्त रुपमा 
एउटा आकृती बनेर
कहिले स्थायी रुपमा बस्छन 
मनलाई दरिलो पार्छन 
कहिले नडगमगाई  
कहिले बिचलित नभई 
आफ्नो आस्थालाई बिस्वास गर्छन 
ढुंगालाई मुर्ति सम्झेर पूजा गर्छन 
अरुलाई आफ्नो सम्झेर माया गर्छन
कुनै दुख नमानी अविरल यात्रा गर्छन 
आस्थाको दियो बालेर 
दिनभरी भोकै बसेर बर माग्छन  
आफ्नो आस्थाको प्रतिमुर्तिलाई 
सधैं सधैं आफ्नै ठान्छन 
र, पूजा गर्छन ।

त्यही आस्थाहरु 
तिम्रो, मेरो र हाम्रो मनमा 
कहिले अस्थायी छाप छोडेर
मनलाई तहस नहस पार्दै 
यता उता बिचलित पार्छन 
कसैको लागि रुवाई बन्छन  
कसैको लागि दुख बन्छन 
पीडा र आँसुको डोब छोडेर 
आस्थाका खम्बाहरु 
कहिले वालुवाको बन्छन 
कहिले त्यही वालुवामा सिमेन्ट घोलेर 
त्यसैमा ईट्टा वा ढुंगा थपेर 
आफूलाई दह्रो खम्बाको रुपमा स्थायी बनाउँछन् ।

आस्थाका खम्बाहरु 
कहिले ढल्छन 
कहिले उठ्छन 
कहिले बन्छन
कहिले भत्कन्छन
र विभिन्न रुपमा 
कहिले यता कहिले उता ढल्कीन्छन् 
कहिले परिवर्तनको सम्बाहक बन्छन 
कहिले अस्थिरताको श्रोत बन्छन 
कहिले मनमा दह्रो डेरा जमाउँछन् 
कहिले मनलाई नै अस्थिर बनाउँछन् 
यस्तै हो यहाँ 
आस्थाका बीउहरु कहिले रोपिन्छन
कहिले टुसा पलाउन नपाउँदै उखेलिन्छन 
कहिले त्यत्तिकै मर्छन 
कहिले हुर्कन्छन, बढछन् र फल दिन्छन
हामीले जस्तो बिऊ रोप्यो त्यस्तै फल दिन्छन 
हामीले जे सोच्यो त्यस्तै परिणाम दिन्छन 
आस्था मन हो 
आस्था दृढ बिस्वास हो  
त्यसैले आस्था तपाई हाम्रो आफ्नै कुरा हो ।

आस्था तपस्या हो 
आस्था विभाजन हो 
आस्था पूजा हो
आस्था मन्दिर जाने आधार हो 
आस्था मनको बिउ हो 
आस्था जीवनको भरोसा हो 
धर्म वा राजनीतिको नाउँमा
बिचार वा सोचको नाउँमा   
तिमीलाई उता र मलाई यता पर्ने 
मनको कित्ता काट्ने 
आस्था विभाजनकारी पनि हो
तर अर्को तर्फ  
तिमीलाई र मलाई एकै ठाउँमा उभ्याउने 
सबैको साझा फूलबारी बनाउने 
मनलाई मनसंग जोड्ने 
तिमीलाई र मलाई एकै बनाउने 
आस्था मिलनको बिन्दु हो 
आस्था एकिकरणको बिउ हो 
आस्था जे मान्यो जस्तो सोच्यो 
त्यस्तै हुने तिम्रो हाम्रो मनको कुरा हो ।




No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?   https://www.onlinekhabar.com/2025/12/1818731/looking-at-nepals-political-parties-from-the-uk नेपालक...