Wednesday, 8 June 2022

मेरा तीन मुक्तकहरु

मेरा तीन मुक्तकहरु
डा. बच्चु कैलाश कैनी 

 













१. 
जनताको आय सुकेर गयो 
भ्रष्टहरुको पेट फुकेर गयो 
केही होला भन्ने आशा गर्दै 
एउटा पुरै  युग ढुकेर गयो। 

२. 
अहिले यहाँ फोहोरको तमासा छ 
जता त्यतै जनतामा निराशा छ 
लाग्छ कसैले केही गर्नै सक्दैन 
अब भगवान पशुपति कै आशा छ। 

३. 
केही हुन्छ कि भनेर म यहाँ आएँ 
यता चरम बेथिती र अन्योल पाएँ 
आफ्नो भनेको आफ्नै हुने रहेछ 
यही माटोको सुगन्धमा प्रित लाएँ। 

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?   https://www.onlinekhabar.com/2025/12/1818731/looking-at-nepals-political-parties-from-the-uk नेपालक...