Sunday, 11 September 2022

गजल

 












आफैं ढल्छु बरु विस्वास ढालेर म बस्दिन 
मनमा अशान्तिको दियो बालेर म बस्दिन। 

नैतिकता, आत्मसम्मान र इमान छ मेरो 
कसै प्रति पनि बैरभाव पालेर म बस्दिन। 

मेहेनत गरे ढिलो चाँडो पुगिन्छ गन्तब्य 
अरुको पद र कुर्ची फालेर म बस्दिन। 

बिगबिगी छ यहाँ लोभी र पापीहरुको  
बेईमानहरुको इज्जत टालेर म बस्दिन। 

बरु जान्छु उतै म आफ्नै बाटो लाग्छु 
यहाँ दबावमा कुप्रथा थालेर म बस्दिन। 

सोमबार, २७ भाद्र २०७९  (१२ सेप्टेम्बर २०२२) 
ललितपुर, नेपाल।  

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?

बेलायतबाट नेपालका पार्टीले के सिक्ने ?   https://www.onlinekhabar.com/2025/12/1818731/looking-at-nepals-political-parties-from-the-uk नेपालक...