Thursday, 29 September 2022

गजल




कसले यहाँ कसलाई भेट्छ र काम नपरे !
जिन्दगी नचल्ने रहेछ खल्तीमा दाम नपरे। 

छायाँमा बसे समाजमा हराउने डर हुन्छ  
बोट बिरुवा त सप्रदैनन यहाँ घाम नपरे। 

मानिसको काममा सदाचार र पुन्य हराउँछ  
हाम्रो  मनमा धर्म र सत्कर्मको नाम नपरे। 

माया, प्रेम र सद्भाव कसरी अघि बढ्छ?
तिम्रो मेरो मनमा परिचयको खाम नपरे। 

ध्यान नपुग्दा बारम्बार गल्ति हुने रहेछ 
नचेतिने रहेछ यहाँ चोट लागि डाम नपरे। 


No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले?

https://www.setopati.com/opinion/381660   घोषणापत्र बनाउने बेलायती अभ्यास– के सिक्ने नेपाली दलहरूले? डा. बच्चु कैलाश कैनी माघ २५ अहिले नेपाल...