Sunday, 9 October 2022

गजल


























आफ्नै लागि त होला, सबै ठिक्क पारेर गए
जनताको मन जित्न, आश्वासन झारेर गए।  
 
देखेकै हो धेरै कुरा, मुख किन खोल्नु पर्यो ?
आफैंले भनेका कुरा, लाज नमानी टारेर गए। 

बोत्तल मात्रै नयाँ, रक्सी उही पुरानै हो हजुर  
विकासको नाऊँमा, झुटको बिऊ सारेर गए। 

कोही दायाँ कोही बायाँ, कोही न यता न उता  
राजनीतिक खेलाडीले, समाजलाई बारेर गए। 
 
विचार र आदर्श, कागजमा मात्रै छ आजकल 
इमान्दारिता, सत्यता र निष्पक्षता, मारेर गए। 

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

म चुप छु

https://www.samakalinsahitya.com/sahitya/details/8684   म चुप छु   कविता   डा. बच्चु कैलाश कैनी   November 12, 2025, 2:50 pm   डा. बच्चु कैल...