Monday, 24 October 2022

डा बच्चुकैलाश कैनीका पाँच कृति विमोचन

https://www.gothalokhabar.com/story/54189/ 


डा बच्चुकैलाश कैनीका पाँच कृति विमोचन



काठमाडौँ, ५ कात्तिक । साहित्यकार डा बच्चुकैलाश कैनीका पाँच कृति विमोचन गरिएका छन् ।

नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा कैनीद्वारा लिखित निबन्ध सङ्ग्रह ‘अदृश्य मनका सादृश्यहरू’, कथासङ्ग्रह ‘भिसागर्ल’, गजल सङ्ग्रह ‘प्रतिबिम्ब’, कविता सङ्ग्रह ‘सीमाहीन सीमा’ र ‘रङ्गको पहिचान’ आज विमोचन गरिएको हो ।


उक्त कृतिको विमोचन गर्दै वरिष्ठ साहित्यकार प्राडा अभि सुवेदीले डा कैनीको कृतिले नेपाली साहित्य जगतमा नयाँ इँटा थपिएको बताउनुभयो । “हरेक कृतिमा जीवनलाई सहज ढङ्गले लेखेको पाइयो, फराकिलो क्यान्भासलाई छोटकरीमा लेखिएको छ”, उहाँले भन्नुभयो ।

वरिष्ठ मुटुरोग विशेषज्ञ एवं साहित्यकार डा भगवान् कोइरालाले एकै पटक धेरै कृति नेपाली साहित्य जगतमा ल्याउनु उल्लेखनीय कार्य भएको बताउनुभयो । उहाँले लेखक डा कैनीलाई आगामी कृति लेखनको शुभकामनासमेत दिनुभयो । ‘अदृश्य मनका सादृश्यहरू’ निबन्ध सङ्ग्रहबारे चर्चा गर्दै नियात्रा समाज नेपालका अध्यक्ष प्रतीक ढकालले निबन्धकार डा कैनीले मनका कुरा निबन्धमार्फत प्रस्तुत गरेको बताउनुभयो । उहाँले कृतिले लेखकलाई साँधैभर अमर राखेको उल्लेख गर्नुभयो ।

‘भिसागर्ल’ कथासङ्ग्रहमाथि चर्चा गर्दै वरिष्ठ साहित्यकार शिव प्रकाशले प्रवासमा बसेर लेखिएका कृतिमा नेपालीपन घुस्ने गरेको बताउनुभयो । उहाँले समग्रमा कथासङ्ग्रह राम्रो भएपनि केही कथाहरू हतारमा लेखिएको भान पाठकमा भएको उल्लेख गर्नुभयो ।

‘सीमाहीन सीमा’ र ‘रङको पहिचान’ कविता सङ्ग्रहमाथि चर्चा गर्दै कवि प्राडा खुमनारायण पौडेलले ५०/५० कविता समावेश भएका दुईवटै कृति सरल भाषामा लेखिएका बताउनुभयो । उहाँले कविताभित्र राजनीति, प्रकृति र व्यङ्ग्य भएको उल्लेख गर्नुभयो ।

वरिष्ठ समाजसेवी एवं पूर्वराज्यमन्त्री अमरराज कैनीले सामान्य परिवारमा जन्मेर बेलायतमा विद्यावारिधी गर्नुभएका डा कैनीले अस्पताल व्यवस्थापन बाहेक नेपाली साहित्यमा देखाएको रुची सराहनीय भएको बताउनुभयो । उहाँले डा कैनी बहुप्रतिभाका धनी भएको उल्लेख गर्नुभयो ।

साहित्यकार प्रभा कैनी, आवरण प्रकाशनका अध्यक्ष रमेश पौडेल, नेपाल क्यान्सर अस्पताल हरिसिद्धीका अध्यक्ष डा सुदिप श्रेष्ठलगायतले अस्पताल व्यवस्थापनमा विज्ञता हासिल गरेका डा कैनीले अस्पताल व्यवस्थापनका बाबजुद साहित्यमा कलम चलाएकामा खुसी व्यक्त गर्नुभयो ।

लेखक डा कैनीले २०४० सालको दशकदेखि कविता लेख्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि नयाँ कृति प्रकाशन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आज विमोचन भएका कतिपय कृतिहरू बेलायतमा हुँदा नै लेखिएको स्पष्ट पार्नुभयो । तनहुँको ब्यास नगरपालिका–१२ कमलबारीमा जन्मनुभएका डा कैनीले ग्रीनवीच युर्निभर्सिटी लण्डनबाट अस्पताल व्यवस्थापनमा विद्यावारिधी गर्नुभएको छ । उहाँले यसअघि प्रिन्सिपल अफ हस्पिटल म्यानेजमेन्ट, फाइनान्सियल म्यानेजमेन्ट र मेरो रहरलगायत पुस्तक प्रकाशन गरिसक्नुभएको छ ।

No comments:

Post a Comment

Contact Form

Name

Email *

Message *

Wikipedia

Search results

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ (भिडियो)

डाक्टरले अस्पतालको नेतृत्व गर्ने भए व्यवस्थापनको तालिम लिनुपर्छ(भिडियो) – Online Khabar https://www.onlinekhabar.com/2025/07/1713794/doctors...